• बिर्तामोड । नेपाल पत्रकार महाँसंघ झापा शाखाले बिधान बिपरीत ५३ जना सदस्यलाई सदस्यता नवीकरण गर्न रोक लगाएकोमा आपत्ति जनाउँदै संगठनहरुले कार्यालयमा तालाबन्दी गरेका छन् ।

    केही दिन अघि संघका झापा अध्यक्ष तारामणि सापकोटाले आफु संयोजक रहेको एक समिति गठन गरी संघका ५३ जना सदस्यलाई निस्किृय रहेको आरोप लगाउँदै सदस्यता नवीकरण गर्न रोक लगाउने निर्णय गरेको थियो ।
    महाँसंघको बिधानले ०७५ चैत्र समान्त भित्रमा सदस्यता नवीकरण गर्ने ब्यबस्था गरेको भएपनि सक्रिय पत्रकारलाई पनि बिना छानवीन र सहमति नगरी एकलौटीरुपमा यस्तो रोक लगाएको थियो ।

    यस बिषयमा आपत्ति जनाउँदै प्रेस चौतारी र फोनिज झापाले प्रेस बिज्ञप्ति प्रकाशित गरी कार्यालयमा तालाबन्दी गरेको हो । बिज्ञप्तिमा प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल र फोनिजका अध्यक्ष बिशाल नेम्बांगले हस्ताक्षर गरेका छन् । उनीहरुले सो गलत निर्णय फागुन १ गते बिहान ९ बजेसम्ममा सच्याउन माग पनि गरेका छन् ।

    यता महाँसंघको यो गलत निर्णय सच्याउन माग गर्दे प्रेस यूनियन झापाले पनि ज्ञापन पत्र दिएको छ । यूनियनले पनि सो निर्णय सच्याएर फागुन ३ गते हुने भनिएको साधारणसभामा सबैलाई भाग लिने अबस्था सिर्जना गर्न माग गरेको यूनियनका झापा अध्यक्ष इन्दु पूर्वेलीले जनाएकी छिन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…