• कुमार खड्का माघ २९,पथरी ।
    मोरङको पथरीमा आयोजित प्रथम वडा स्तरिय खुला नकआउट क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्वर १ ले हात पार्दै ईतिहास रचेको छ । भने प्रतियोगिताको उप विजेता वडा नम्वर ७ प्रथम पुरस्कारको भागिदार हुने ईतिहास वाट रोकिएको छ ।
    मंगलवार भएको फाईनल खेलमा वडा नम्वर १ ले वडा नम्वर ७ लाई ९३ रनको फराकिलो अन्तरले पाखा लगाउदै जित दर्ता गराएको हो । पञ्चायत माध्यमिक विद्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वडा नम्वर १ ले २० ओभरमा ३ विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।


    १८६ रनको योगदान दिने क्रममा वडा नम्वर १ का एन्जल राईले १ छक्का र ६ चौकाको मद्दतमा ४२ रनको योगदान दिए , त्यसै गरि वडा नम्वर १ कै दिपेश श्रेष्ठले ५ छक्का र १ चौकाको मद्दतमा ३८ रनको योगदान गरेका थिए
    भने वडा नम्वर १ लागि एम.एस राईले ५ छक्का र २ चौकाको मद्दतमा अविजित ५० रनको योगदान गरे । बलिङमा वडा नम्वर १ का एम.एस राईले ३,दिपेश श्रेष्ठले २ रावत राई र सागर कटुवालले समान २÷२ विकेट लिए भने वोधराज वस्नेतले १ विकेट लिएका थिए ।
    जवाफमा वडा नम्वर ७ ले २० ओभरमा ८ विकेट गुमाउँदा ९३ रनमा रोकिएको पुग्यो । फितलो ब्याटिङ गरेको वडा नम्वर ७ ले १९ ओभरको खेल सकिदा अल आउट हुदै ९३ रनमा समेटिएको थियो ।
    जसमा वडा नम्वर ७ का खेलाडी रोहन लिम्वुले २ छक्का ५ चौकाको मद्दतमा ३४ रनको योगदान दिए भने पुकार राईले १ छक्का र १ चौकाको मद्दतमा १८ रन वनाए त्यसै गरि वडा नम्वर ७ कै विजय मगरले ५ चौकाको साथमा १३ रनको योगदान दिदा अन्य व्याट्म्यानले दोहोरो अङ्क जोड्न नसक्दा वडा नम्वर ७ ईतिहास रच्न वाट चुक्न पुगेको छ ।
    टस हारेर फिल्डिङको निम्तो पाएको वडा नम्बर ७ का उबल राई, सुचन गुरुङ्ग र दिवश पुरीले समान २÷२ विकेट लिए भने बिजय मगरले १ विकेट लिएका थिए ।

    माघ २५ गते बाट शुरु भएको प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान उपबिजेता टोलिका बिजय मगर घोषित भए भने उत्कृष्ट बलर वडा नम्बर १ का एम एस राई भए । उत्कृष्ट फिल्डर वडा नम्बर १ का राकेश राई घोषित भए भने उदयमान खेलाडी १ नम्बर वडाका सागर कटवाल बनेका छन।
    त्यसैगरि वडा नम्बर १ का राजु राई म्यान अफ द सिरिज बने । मंगलवार सम्पन्न फाइनल खेलको म्यान अफ द म्याच वडा नम्बर १ का एम एस राई घोषित भए ।
    प्रतियोगिताको बिजेता टोलिले नगर ३० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेतामा सिमित वडा नम्बर ७ ले १५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
    नगर खेलकुद विकास समितीको आयोजनामा सम्पन्न प्रतियोगीतामा नगरका १० वडाको सहभागीता रहको थियो । प्रत्येक वडामा एक खेल अभियान अन्तरगत वडा नम्वर १ ले यो खेलको संयोजन गरेको नगर खेलकुद विकाश समितिका अध्यक्ष मनि लिम्वुले वताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…