• काठमाडौँ : चितवनमा बनाउन लागिएको गौतम बुद्ध क्रिकेट स्टेडियमका लागि मलेसियामा रहेका नेपालीले ३५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

    क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग अभियान लिएर त्यहाँ पुगेका कलाकार सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' को उपस्थितिमा तीन सहरमा भएको 'सिटी एक्सप्रेस धुर्मुस-सुन्तली साँझ २०७५' का क्रममा ३५ लाख ७१ हजार रुपैयाँ सहयोग जुटेको हो ।

    क्रिकेट स्टेडियम निर्माणका एक अभियन्ता धुर्मुसका अनुसार मलेसियाका तीन सहरमा गरिएको मनोरञ्जनात्मक कार्यक्रमका क्रममा त्यो सहयोग उठेको हो । मलेसियाका तीन शहरहरु क्वालालम्पुर, जोहोरबारु र पेनाङमा गरिएको कार्यक्रमका क्रममा नेपाली दर्शकहरुले स्वःस्फूर्त उक्त सहयोग गरेको धुर्मुसले बताएका छन् ।

    कार्यक्रमस्थलबाटै २० लाख ७१ हजार रुपैयाँ स्टेडियम निर्माण अभियानलाई सहयोग जुटेको हो भने आयोजक सिटी एक्सप्रेसले १५ लाख थपिदिएको हो ।

    'मलेसियामा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले देखाएको उत्साह र सकारात्मक सहयोगले हामी हर्षित भएका छौं', धुर्मुसले भनेका छन्, 'त्यहाँका व्यवसायी, समाजसेवी र कम्पनीमा कार्यरत नेपालीले यस अभियानलाई सहयोग गर्न फेरि भ्रमणको निम्तो दिनुभएको छ ।'

    धुर्मुसले क्रिकेट स्टेडियम निर्माणका लागि विदेशमा रहेका नेपालीले ठुलो आँट र हिम्मत दिएको पनि बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…