• काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसकी सांसद विन्दा देवी आले मगरले सत्तारुढ दल नेकपाका द्धय अध्यक्ष केपी ओली र प्रचण्डले दुई तिहाईको दम्भमा विकासका पूर्वाधारमा विनियोजित गरिएको बजेटमा प्रश्न उठाएकी छन्।

    राष्ट्रियसभा सदस्य समेत रहेकी विन्दा देवी आले मगरले संसदमै चितवन र झापामा मात्रै धेरै बजेट विनियोजन कसरी भयो भनी प्रश्न समेत गरिन्। उनले बजेट विनियोजन गर्दा नेता विशेषको प्राथमिकताको प्रभावबाट मुक्त हुन सरकारको ध्यानाकर्षण समेत गराइन् ।

    प्रचण्डले गृहजिल्लालाई प्राथमिकता दिएर विभिन्न योजना पारेपछि संसदमा विपक्षी दलका नेताहरुले कुरा उठाएका छन् । प्रचण्डको गृहजिल्ला चितवनमा ३६ वटा महत्वपूर्ण योजना सञ्चालनमा छन् । करिब चार अर्ब रूपैयाँका ती योजनामध्ये धेरै दाहालको निर्वाचन क्षेत्रमा छन् । दाहाल चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    त्यस्तै अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा र निर्वाचन क्षेत्र नम्बर ५ मा पनि यसैगरी योजना पारिएको छ । ओलीको निर्वाचन क्षेत्रसहित झापामा दर्जनौं ठूला योजना पारिएको छ ।

    विपक्षी दलका नेताहरुले संसदमै ओली र प्रचण्डले आ आफ्नो जिल्लामा अर्बौको बजेट पारेको अभिब्यक्ति दिएपछि सत्तापक्षका सांसद चुप लगेका थिए। स्रोतका अनुसार बजेट विजियोजनको सवालमा सत्तापक्षका सांसदसमेत पीडित बनेपछि उनीहरु चुप लागेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…