• काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले राजीनामा गरेसँगै सार्वजनीक भएका बिभिन्न मितिमा गरिएका मनोनयन नेपाली कांग्रेस केन्द्रीय समितिले खारेज गरिदिएको छ । कांग्रेस बैठकले अघिल्लो मिति पारी नेविसंघ सभापति, पदाधिकारी या सदस्यहरुबाट भएका विभिन्न मनोनयनका सबै निर्णय बदर गर्ने निर्णय गरेको हो ।

    बैठकले नेपाल विद्यार्थी संघको सभापति पदमा रही गरेको कार्यका लागि नैनसिंह महर तथा समयावधि समाप्त भइसकेको उनको नेतृत्वको केन्द्रीय समितिलाई धन्यवाद ज्ञापन गरेको छ ।

    सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको मंगलबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, एन.पी. साउँद, किशोरसिंह राठौर, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र मोहनबहादुर बस्नेतले आ–आफ्नो धारणा राखेका थिए ।

    केन्द्रीय कार्यसमितिको अर्को बैठक फालगुन १ गते दिउँसो १ वजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…