• काठमाडौं- भेनेजुएला प्रकरणपछि चिसिएको नेकपाका अध्यक्ष प्रचण्ड र अमेरिकाका राजदूत रेन्डी बेरीबीचको सम्बन्ध यतिबेला झन् जटिल भएको छ।

    भेनेजुएलाको राजनीतिक संकट चुलिएको सन्दर्भमा नेकपा अध्यक्ष प्रचण्डले अमेरिकाको आलोचना गरेपछि यो विषयलाई कूटनीतिक क्षेत्रमा निकै चासोका साथ हेरिएका थियो। प्रचण्डले विज्ञप्तिप्रति रुष्ट हुँदै अमेरिकाले नेपाल सरकारसँग स्पष्टीकरण सोधेको थियो। सरकारले पनि प्रचण्डको विज्ञप्तिजस्तै स्पष्टीकरण दिएपछि नेपाल–अमेरिका सम्बन्धमा समस्या आउने चुनौती थपिएको थियो।

    राजदूत बेरी र प्रचण्डबीच शनिबार प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको थियो। भेनेजुएला विज्ञप्ति प्रकरणबाट रुष्ट अमेरिकालाई स्पष्टीकरण दिन प्रचण्ड आफैले राजदूतसँग भेट गर्न समय मागेको स्रोतले जानकारी दिएको छ।

    प्रचण्डको पटकपटकको आग्रहपछि राजदूत रेन्डी बेरीले भेटका लागि केही सर्त राखेका थिए। स्रोतका अनुसार भेट ‘वान टु वान’ हुनुपर्ने र भेटको समाचार सार्वजनिक गर्न नहुने सर्त राजदूत बेरीको थियो। प्रचण्डले राजदूतको सर्त स्वीकार गरेर भेट तय भएको थियो। पौनै एक घन्टा लामो भेटमा राजदूतले प्रचण्डको विज्ञप्तिप्रति असन्तुष्टि जनाएका थिए। स्रोतका अनुसार प्रचण्डले कूटनीतिक भाषा प्रयोग गर्दै केही मनाउन खोजेका थिए।

    तर त्यसको भोलिपल्ट सो भेटको पाटिका नेता देवेन्द्र पौडेलले समस्या समाधान भएको बताएका जानकारी दिएका थिए। पौडेलले भनेका थिए, ‘नेपालस्थित अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भइसकेको छ। राजदूतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्प्रिट’ मा आएको हो भनेर भनिसक्नुभएको छ। अब यो समस्या हल भयो।’

    नेता पौडेलले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिइसकेको खुलासा गरेका थिए। पछिल्लो समय भेनेजुएला काण्डले नेपाल–अमेरिका सम्बन्ध चिसिएको र प्रचण्डलाई अमेरिकाले भिसा नदिएको चर्चा चलेको थियो।

    तर प्रचण्डलाई अमेरिकाले भ्रमणको निम्तो दिएको भन्नु हावादारी गफ भएको एक नेताले बताए। भेटको खबर सार्वजनिक नगर्ने सहमतिविपरीत गएको भन्दै प्रचण्डसँग दूतावासले गुनासो गरेको स्रोतले बतायो।

    विदेश मामलाविज्ञ एक नेताका अनुसार राजदूतहरुले पार्टीका नेतादेखि विभिन्न समुदायका व्यक्तिहरुसँग भेटघाट गरिरहेका हुन्छन्। तर उनीहरु सबै सार्वजनिक गर्न चाहँदैनन्। सार्वजनिक गर्न चाहेको भेटको समाचार र फोटो आफ्नै साइटमा हाल्ने र ट्विट गर्ने गर्छन्। तर शनिबारको सो भेटको समाचार न साइटमा छ न फोटो सार्वजनिक गरेको छ। दूतावासले यसलाई गोप्य राख्न चाहन्थ्यो। त्यसैले भेट पार्टी कार्यालमा नगरेर प्रचण्ड निवासमा गरेको एक नेतालेजानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…