• धुलाबारी । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ ।

    संस्थाको सभा कक्षमा आयोजित सभाको उद्घाटन जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालले गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि ढकाल, जिल्ला सहकारी सङ्घ सदस्य दुर्गादेवी खतिवडा, थोप्लेविरान महिला कृषि सहकारी संस्था अध्यक्ष मञ्जु कट्टेल, साहित्यकार तेजराज खतिवडा, सम्मानित व्यक्तित्व गणेशविक्रम नेम्बाङलगायतले बोलेका थिए ।

    सो अवसरमा उत्कृष्ट सामाजिक व्यक्तित्वका रुपमा समाजसेवी गणेशविक्रम नेम्बाङ र सहकारीमा आबद्ध ११ जना ज्येष्ठ सदस्यलाई सम्मान गरियो ।

    सम्मानित ज्येष्ठ सदस्यहरुमा कल्पनादेवी खतिवडा, तुलसीमाया भट्टराई, दिलकुमारी राई, टिकामाया ओली, कर्णबहादुर दाहाल, गोपाल श्रेष्ठ, डम्बरकुमारी आचार्य, नरकुमारी श्रेष्ठ, लिलावती दाहाल, तीर्थराज न्यौपाने र टङ्कबहादुर देवकोटा छन् ।

    कार्यक्रममा सहकारीका व्यवस्थापक मानष सिटौलाले संस्थाको आर्थिक वर्ष २०७५÷०७६ को अर्ध वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    सो अवसरमा संस्थामा आबद्ध शेयर सदस्यका छोराछोरीहरुबीचको एकल नृत्य प्रतियोगितामा नाता राई प्रथम, कविसा श्रेष्ठ द्धितीय र रासिका बराइली तृतीय भएका सचिव सुमन गौतमले बताए ।
    संस्थाका अध्यक्ष कमल काफ्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष शिवकुमार रेग्मीले स्वागत र सञ्चालन सदस्य सङ्गीता गजुरेलले गरेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…