• काँकरभिट्टा । पशुपति अंग्रेजी बोडिङ स्कुल मेचीनगर ६ काँकभिट्टाको ३३ औँ अभिभावक दिवस सम्पन्न भएको छ ।

    मंगलवार विद्यालयमा आयोजित विशेष समारोहमा अभिभावकहरुबिच विविध कार्यक्रमका साथ अभिभावक दिवस सम्पन्न गरिएको हो ।

    कार्यक्रममा वेष्ट पर्सनालिटिको उपाधि अभिभावक उषा श्रेष्ठले हात पारिन् ।

    महिला फेशन सो अन्तरगत गंगा गुरुङले उपाधि जितिन । फेशन सोमा फस्ट रनर–अप सुस्मिता कटुवाल र सकेण्ड रनर–अप विना गुरुङ भइन् । बेष्ट मुस्कानको उपाधि निन्नचु श्रेष्ठले जितिन् । पुरुष डार्ट खेलको उपाधि शंकर श्रेष्ठले जिते । पुरुष डिजी स्पोर्टको उपाधि विष्णु गौतमले जिते ।

    प्रतियोगितामा विजेता अभिभावकहरुलाई विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता थापाले पुरस्कार तथा अवार्ड प्रदान गरिन् ।

    सोही कार्यक्रममा शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य गरेर अभिभावकहरुलाई मनोरञ्जन दिएका थिए । कार्यक्रममा विद्यालयका ३ सय भन्दा बढी अभिभावकहरुको सहभागिता रहेको थियो ।

    विद्यालयकी संस्थापक कर्णकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत शिक्षक खेम लिम्बूले गरेका थिए भने सञ्चालन शिक्षक भानु काकीले गरेका विद्यालयका पूर्व विद्यार्थी विश्वास दाहालले बताए । प्रिन्सिपल थापाका अनुसार फागुन १७ गते चित्रकला प्रतियोगिता,तथा विज्ञान प्रदर्शनी र बृहत फुट फेस्टिबलको आयोजना गरिएको छ । मेचीनगरको अब्बल निजी विद्यालयका रुपमा रहेको यो विद्यालय शैक्षिक गुणस्तरसँगै खेलकुद, नृत्य तथा अतिरक्ति क्रियाकलापमा उत्कृष्ट रहँदै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…