• झापा । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनता सम्पन्न भए मात्र मुलुक समृद्ध बन्ने बताउनुभएको छ । झापाको भद्रपुरमा आजदेखि शुरु भएको जिल्लास्तरीय कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै नेता सिटौलाले वर्तमान सरकारले समग्र जनताको समृद्धिभन्दा पनि पार्टी कार्यकर्ताको समृद्धिमा ध्यान दिएको आरोप लगाउनुभयो । “सबै जनता सम्पन्न भए मात्र मुलुक समृद्ध बन्छ”, उहाँले भन्नुभयो ।

    आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं ३ मा आफू सांसद हुँदा उक्त क्षेत्रको विकास लागि रु पाँच अर्ब बढीका भौतिक विकासका योजना ल्याएर काम तीव्र गतिमा अघि बढाएपनि वर्तमान सरकारले बजेट रोकेको भन्दै आपत्ति जनाउनुभयो । “काङ्ग्रेसको सरकारका पालामा शुरु भएका आयोजना अलपत्र पारिएका छन्”, उहाँले भन्नुभयो, “विकासमा राजनीति गरिनु विडम्बनापूर्ण छ ।”

    काङ्ग्रेस भद्रपुर–६ वडा समितिको आयोजनामा शुरु भएको जिल्लास्तरीय कबड्डी प्रतियोगितामा महिला र पुरुष गरी २० टोलीको सहभागिता रहेको खेल संयोजक रतिया राजवंशीले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…