मोरङ । सुरुवाती दिनमा ४० रुपैंयामा लेबर काम गरेर आर्थिक रुपमा सवल हुनुभएका मोरङ उर्लाबारी ९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले आफु जन्मे हुर्केको वडाको विद्यालय तथा गाउँलाई उल्लेखनिय सहयोग गरिरहेका छन् । यतिबेला उनी आफ्नो वडाको विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न विद्यालय बनाउन क्रियाशिल छन्। सुन्दर श्रेष्ठ यस्तो समाजसेवी हुनुहुन्छ,जो अरुलाई मागेर होईन, आफ्नो पसिना बगाएर कमाएको रकम गाउँको विकासमा खर्चिदैछन् । श्रेष्ठ जस्तो सहयोग गर्ने मानिसहरु समाजमा विरलै पाईन्छ,उनलाई जान्ने बुझ्नेहरु भन्छन् ।
उर्लाबारी—९ को प्रभात निमावि, राजघाट निमावि र सार्वजनिक माविमा उनले उदाहरणयोग्य सहयोग गरेका छन् । जसको कारण अभिभावकहरु र स्थानीयहरुको जनजिब्रोबाट सुन्दर श्रेष्ठको प्रशंसा भईरहेको पाईन्छ। सुन्दरले प्रभात निमाविमा आफ्नो एकल लगानीमा ट्रस सहितको स्टेज बनाइदिएका छन् । उनले घेराबारामा पनि महत्वपूर्ण सहयोग गरेका छन् । विद्यालयमा पिङ वालउद्यानका समाग्रीहरु सहयोग मात्र गर्नु भएको छैन, विद्यालयमा रंगरोगन पनि आफ्नै खर्चमा गरिदिएका छन् ।
त्यो भन्दा अझ महत्वपूर्ण कुरा विद्यालयका १० जना विद्यार्थीलाई आफ्नै खर्चमा पढाईरहेका छन्। आफ्नै लगानीमा एक जना शिक्षक राखिदिएपछि अहिले विद्यार्थीलाई अंग्रेजी शिक्षाको लागि निक्कै सहजता भएको छ । श्रेष्ठले विद्यार्थीको फि मात्र हैनन, अंग्रेजी शिक्षकको तलव पनि तिरिदिन्छन् । श्रेष्ठले विद्यार्थीको लागि परिचय बनाईदिदैं खेल समाग्री पनि सहयोग गरेका छन् । श्रेष्ठ आफुले सहयोग गरेको स्कुलमा पठनपाठन पनि राम्रो होस भनेर शिक्षक र विद्यार्थीलाई सुझाप दिन्छन् । भौतिक विकास मात्र भयो र पढाई खस्कियो भने त्यसको के अर्थ, जसको लागि अभिभावक र शिक्षक जोडतोडले लाग्नुपर्छ।
श्रेष्ठ सामुदायिक विद्यालयको पढाई खस्किएको समाचार आईरहँदा आफ्नो वडाका भाई बहिनीको राम्रो नतिजा देख्दा दंग छन् । प्रभातमा पढाई राम्रै भएको कारण भाईबहिनीहरुले राम्रो नतिजा ल्याएका रैछन, खुशी लाग्यो, श्रेष्ठले भने। श्रेष्ठले आफ्ले सानोमा पढ्न नपाएको समस्या सम्झदै भन्नुहुन्छ, भाईबहिनीहरु राम्रोसँग पढेलेखे भने म अझै धेरै सहयोग गर्नेछु।
उनले राजघाट निमावि उर्लाबारी—९ मा पनि गेट निर्माण गरिदिएका छन्। विद्यालयमा घेराबारा भयो, तर सुरक्षित प्रवेशद्धार नहुँदा समस्या थियो, प्रअ गोपाल श्रेष्ठले भने, स्वागत गेट निर्माण गरिदिएर विद्यालयको ठुलो सुरक्षा भएको छ । अन्य निकायबाट आश्वसन मात्र पायौ, सुन्दर सरले एकैबचनमा काम गरिदिए,उनले भने । सुन्दर श्रेष्ठ विद्यालयमा सहयोग मात्र गर्दैनन् । काठमाडौंबाट घर आएका बेला विद्यालयमा गएर विद्यालयका समस्याहरु बुझ्ने गर्छन । विद्यार्थीलाई पढाई कस्तो छ, सर मिसले कस्तो पढाउछन् भनेर सोधुपुछ पनि गर्छन् । शैक्षिक अवस्था सुर्धान अनुरोध गर्छन्। अभिभावकहरुसँग अन्तरक्रिया गर्छन्।
श्रेष्ठको सहयोगमा सार्वजनिक मावि आम्बारीमा पनि पक्की स्टेज बनको छ । विद्यालयले श्रेष्ठले समस्या राखेपछि श्रेष्ठले आफ्नो सहयोगी मन फराकिलो बनाए । गाउँमा जेष्ठ नागरिकको लागि बृद्धबृद्धा चौतारी निर्माण, सडकबत्ति जडान,खेलकुद मठमन्दिर लगायतमा विविध क्षेत्रमा सहयोग गर्दै आएका श्रेष्ठ सहयोगको सहि सदुपयोग भए आफुलाई पनि खुशी लाग्ने बताउछन्। विकासको काम जो जस्ले गरेपनि सबैले साथ सहयोग गर्नुपर्ने श्रेष्ठ उनको भनाई छ । विकासको नाममा गरिने राजनिती श्रेष्ठलाई पटक्कै मन पर्दैन् । सामाजिक काम गर्दा आफुलाई खुट्टा तान्नेहरु निस्किएको पाएका सुन्दर आफ्नो सुन्दर यात्रामा कतिपनि विचलित छैनन् । भन्छन,बरु उनीहरुलाई त धन्यवाद दिन चाहान्छु, झन समाजमा राम्रो काम गरेर देखाउने अठोट बढ्ने रैछ ।
को हुन् सुन्दर
घरमा हातमुख जोर्न धौधौ परेपछि २०४९ सालमा किशोरअवस्थामै काठमाण्डौ आएका थिए । उर्लाबारी ९ को खोपीडाँडामा जन्मेहुर्केर काठमाण्डौमा ठेक्कापट्टा र हाउजिङ्ग व्यवसाय गरिरहेका श्रेष्ठले गाउँको विकासका लागि अतुलनिय सहयोग गरेका छन् । सुरुमा काठमाण्डौ पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रामीक लिएर ज्यालामजदुरी सुरु गरेका थिए। निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि उनको जीवनमा आर्थिक क्रान्ति भएको हो। हाल उनी ठेक्कापट्टा र हाउजीङ्ग व्यवसायमा सम्लग्न छन् । सुन्दर भन्छन, म अझै आफुलाई एउटा लेबर हुँ भन्न रुचाउछु।
सुरुमा परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा जम्नेहुर्केका श्रेष्ठको वाल्यअवस्था आर्थिक अभावमा कष्टकर थियो। तीन दाजुभाईमध्ये कान्छा उनी पढाईमा असफल भएपछि एसएलसी दिएर काठमाण्डौ हानिएका थिए। उनले सुरुमा आफ्नो कमाईले परालको छाना र सण्ठीको बेरा भएको घर छेऊमा काठको घर बनाए। त्यसपछि उनले भक्तपुर र खोपिडाँडाको आफ्नै खेतबारीमा आकर्षक पक्की घर बनाए। ठेक्कापट्टा र हाउजिङ्ग व्यवसायबाट आयआर्जन गरेका श्रेष्ठ समाजसेवामा क्रियाशिल छन्। गाउँको विकासमा उनको चिन्ता रहने गर्छ । उनको सोच छ, हाम्रा सन्ततीले हामी भन्दा दुख नपाउन ।