मिति : २९ माघ २०७५, मंगलबार
समय : बिहान १०ः७
स्थान : त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
अस्पतालको मूल ढोकाभित्र छिर्दा बिरामीहरू चिकित्सकको व्यग्र प्रतीक्षामा देखिन्छन् । आफन्तहरू निराशजस्ता देखिन्छन् । हस्याङफस्याङ गर्दै उनीहरू चिकित्सकको खोजी गरिरहेका भेटिन्छन् । अस्पतालका शøयामा बिरामीहरू छट्पटिरहेका छन् तर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको ध्यान यसतर्फ खासै गइरहेको देखिँदैन । निर्धारित समयमा अस्पतालमा आउनुपर्ने धेरै चिकित्सक अस्पतालमा देखिँदैनन् ।
अस्पतालका केही चिकित्सकहरू भने अस्पतालमा बेड नभएको बहाना बनाउँदै गम्भीर बिरामीलाई राम्ररी हेर्दै नहेरी निजी अस्पतालमा रेफर गर्न आतुर देखिएका छन् ।
बिरामीको उपचारमा दत्तचित्त भएर लाग्ने प्रमुख उद्देश्यका साथ यो पेसामा संलग्न अधिकांश चिकित्सक समयमा आएको देखिँदैन । यस्तै, व्यग्रता र निराशाबीच बिरामी र आफन्तले पटकपटक कति बजे चिकित्सक आउँछन् भन्ने प्रश्न त्यहाँ कार्यरत कर्मचारी, नर्स र सुरक्षागार्डलाई सोध्ने गरेको दृश्य त्यहाँ पुग्ने जोकोहीले पनि सजिलै सुन्न सक्छ ।
अस्पतालमा उपचारका लागि आउने बिरामी र तिनका आफन्तले दिनहुँ भोग्ने यस्ता समस्याप्रति न चिकित्सक, न अस्पताल प्रशासन, न त सरकारले नै ध्यान दिएको पाइन्छ । अस्पतालका चिकित्सक र कर्मचारी सेवाको भावनाभन्दा पनि जागिर खाने र समय कटाउनेतर्फ बढी केन्द्रित भएको देखिन्छ ।
एक्कासि छाती दुख्ने समस्याबाट पीडित काठमाडौंकी ८१ वर्षीया रमिता श्रेष्ठ आइतबार बेलुकी अस्पतालमा भर्ना भएकी थिइन् । इमर्जेन्सी वार्डमा उनको उपचार भइरहको छ । उनलाई अस्पतालको बेडमा भर्ना गरेर उपचार गर्नुपर्नेमा अन्यत्रै रेफर गर्न अस्पताल प्रशासनले दबाब दिइरहेको छ ।
उनका आफन्त समित श्रेष्ठले भने, ‘के गर्नु आकस्मिक कक्ष ९इमरजेन्सी०मा ल्याइयो । चिकित्सकले भर्ना गर्नुपर्ने भनेका छन् । तर, अस्पताल प्रशासनले अन्यत्रै रेफर गर्नुहोस्, भर्ना गर्ने ठाउँ छैन भनेका छन् ।’
बाहिर केही व्यक्तिहरू एम्बुलेन्स तथा ट्याक्सीनजिकै कुनै अस्पतालमा बिरामीलाई लैजान कुराकानी गरिरहेका देखिन्छन् । टिचिङले कतिबेला बिरामी रेफर गर्ला र त्यसरी रेफर गरिएका बिरामीका आफन्तसँग मोलमोलाई गरी आफ्नै अनुकूलको अस्पतालमा लैजान पाउँला भन्ने आसमा ती व्यक्तिहरू मोलमोलाई गरिरहेका देखिए । टिचिङकै कतिपय कर्मचारीहरूमाथि समेत बिरामी रेफर गरेर अन्य अस्पतालसँग कमिसन खाने गरेको आरोप लाग्दै आएको छ ।
त्यस्तै, काठमाडौं वसुन्धाराकी ६१ वर्षीया लक्ष्मी दाहाल मंगलबार बिहान १० बजेर आठ मिनेटमा अस्पताल आइपुगेकी थिइन् । उनको खुट्टा निकै सुन्निएको थियो । उनलाई लिएर आएका श्रीमान् अच्यूतप्रसाद दाहालले कहाँ जाने, कसरी सेवा लिने भन्ने भेउ नै पाउन सकेनन् । लगत्तै उनी हाडजोर्नी ओपीडी अर्थात् ९ए–फाइभ० मा पुग्छन् । दाहालले पर्चा दिन खोज्दा डाक्टर झर्किन्छन् । ‘मलाई दिने होइन, उहाँलाई दिनुहोस्,’ भन्ने जवाफ फर्काउँछन् । यताउता भौतारिएपछि आधा घण्टा अर्थात् १०ः३७ मा लक्ष्मीको पालो आउँछ ।
लामो प्रयासपछि चिकित्सकले लक्ष्मीलाई एक्स–रे गर्न भन्छन् । उनका श्रीमान् एक्सरेका लागि हिमालय बंैकमा पैसा तिर्ने लाइन लाग्छन् । उनको पालो सात जनापछि आउँछ । त्यसपछि उनी एक्स–रेको रिपोर्ट लिएर श्रीमतीसहित १२ः१५ मा सम्बन्धित चिकित्सककहाँ पुग्छन् । लक्ष्मीले चिकित्सकसँग भनिन्, ‘पाँच दिन भयो खुट्टा असाध्यै दुखेको छ । बस्न, उठ्नसमेत अप्ठ्यारो हुन्छ ।’ तर, उपचारमा संवेदनशील हुनुपर्ने चिकित्सक फोनमा व्यस्त देखिन्छन् । अन्ततः उनी सबै प्रक्रिया पूरा गरेर तीन घण्टापछि अस्पतालको ढोकाबाहिर निस्कन्छन् ।
यसैगरी, तनहुँकी ४० वर्षीया रसिता मिया मिर्गौलामा समस्या भएपछि फलोअपका लागि बिहान ९ बजे आइपुगेकी थिइन् । उनले भनिन्, ‘अहिले सवा १२ बजिसक्यो, पालो नै आएन, हेर्नुस् त रु डाक्टरहरू पनि हुनुहुन्न । वार्डमा जानुभएको छ रे ।’
बिरामी लिएर आएका मदन रावतले भने, ‘कसैले कसैलाई वास्ता गर्दैनन्, यहाँ । केही सोध्यो भने झोक्किन्छन् मात्रै ।’ उपचारका लागि बिरामीहरू अस्पतालमा पुग्दासमेत चिकित्सकहरू समयमा सम्बन्धित ओपीडीमा नभेटिने गरेको आमगुनासो छ । जसकारण बिरामी अलपत्र पर्ने गरेका छन् । सरकारी अस्पतालमा आफ्नो समयमा उपस्थिति नहुने चिकित्सकहरू सोही समयमा आफ्नो ड्युटीलाई बिर्सिएर पैसाको लोभमा केही निजी अस्पतालतमा नै व्यस्त हुने गरेको गुनासो पीडितहरूले गरे ।
हाल सो अस्पतालमा २०२ चिकित्सक कार्यरत छन् । कर्मचारी प्रशासन शाखाले चिकित्सकहरूको कार्य ९ड्युटी० तालिका राखेको छैन । यसबाट पनि सहजै अनुमान गर्न सकिन्छ कि चिकित्सहरू नियमित रूपमा ड्युटीमा आउँदैनन् ।
वार्ड वार्डबाट मात्रै ड्युटी सेडुलबारे जानकारी हुने सो शाखाले जनाएको छ । आकस्मिक कक्ष ९इमरजेन्सी वार्ड०मा आउने बिरामीलाई अन्य अस्पतालमा रेफर गर्ने गरिएका थुप्रै उदाहरण छन् । भर्नाका लागि पर्याप्त बेड नहुँदा इमरजेन्सीमा आएका बिरामीलाई दैनिक रेफर गर्ने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
दैनिक आठदेखि १० बिरामीहरू रेफर हुने गरेको इमरजेन्सी वार्डले जनाएको छ । वार्डका प्रमुख डा। योगेन्द्रमान शाक्यका अनुसार इमरजेन्सीमा ६० बेड छन् । उनले भने, ‘दैनिक १३० बिरामी उपचारका लागि इमरजेन्सी कक्षमा आउनुहुन्छ । तर, करिब ६ सय बेड उपलब्ध छन् । बिरामीको चापलाई ध्यानमा राखेर १ हजार २ सय बेड अझै आवश्यक छ ।’ उपचारका लागि यहाँ आउनेको संख्या दिनप्रतिदिन बढ्दै गए पनि सो अनुसार बेडको संख्या नबढाउँदा बाध्य भएर बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने उनले बताए ।
हाल अस्पतालको इमरजेन्सी वार्डमा आएका कतिपय बिरामीलाई नेपाल मेडिकल कलेज, काठमाडौं मोडेल कलेज, पाटन मेडिकल कलेज र किस्ट मेडिकल कलेजमा रेफर गर्दै आएको छ । राजधानीबाट ।