• देबु बानियाँ
    बाहुनडाँगी । भानु मावि मेचीनगर २ को ५१ औँ बार्षिकोत्सव तथा अभिभावक भेला मंगलवार सम्पन्न भएको छ ।
    विद्यालयमा आयोजित वार्षिकोत्सवको उद्घाटन प्रदेश सांसद श्रीप्रसाद मैनालीले गरेका थिए । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले संस्थापक, विद्यालयका दाता, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।
    वर्ष उत्कृष्ट शिक्षक राजेश भट्टराई, अक्षयकोष दाताहरुमा निलकण्ठ तिवारी, चन्द्रप्रसाद भट्टराई, दाताहरुमा पुरुषोत्तम काफ्ले, टिकाराम न्यौपाने, डम्बरुबल्भ पौडेल, प्रकाशकुमार थापा, पूर्व विद्यार्थी एवम् मिस टिन २०१८ कि विजेता रिचा ढकाललाई सम्मान गरिएको छ । उत्कृष्ट शिक्षक भट्टराईलाई दामोदर ठिकुरा स्मृति पुरस्कारबाट नगद सहित सम्मान गरिएको थियो । साथै सोही अवसरमा शैक्षिक सत्र २०७४ का उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
    जसमा वर्ष उत्कृष्ट विद्यार्थीका रुपमा कक्षा १० का विकास थापालाई सम्मान गरिएको थियो । यसैगरी अनिवार्य अवकास प्राप्त शिक्षक नारद काफ्लेलाई विदाइ समेत गरिएको थियो ।
    सोही समारोहमा बाहुनडाँगी स्रोत केन्द्र स्तरीय नृत्य प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । जसमा नव ज्योति आधारभूत विद्यालय प्रथम, सरस्वती मावि दोस्रो र जनता मावि तेस्रो भएका विद्यालयकी उच्च मावि इन्चार्ज एवम् शिशिका मुना रानाले बताइन ।
    विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रिता ढकालको सभापतित्व तथा प्रदेश सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि शिक्षा तथा सामाजिक विकास विभाग संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष नविन बराल, नगर शिक्षा शाखा प्रमुख उद्धव विष्ट, शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौडेल, फाइव स्टार युथ क्लबका अध्यक्ष दिपक बराललगायतले बोलेका थिए । प्रधानाध्यापक देवेन्द्र खनालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा प्रदेश सांसद श्रीप्रसाद मैनालीले कक्षा ११ र १२ सञ्चालनका लागि नगद ५ लाख विन्योजन गर्ने घोषणा समेत गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…