• काठमाडौं । इंगलिश प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको राउन्ड अफ सिक्सटिनको पहिलो लेगमा पराजित भएको छ । युनाइटेड घरेलु मैदानमै फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसंग २–० को गोल अन्तरले पराजित भएको हो ।

     

    बुधबार बिहान सम्पन्न भएको खेलमा प्रेस्नेल किम्पेम्बे र किलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई बलियो स्थितिमा पुर्याए । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । चोटका कारण युनाइटेडले दोस्रो हाफ सुरु हुँदा २ खेलाडी परिवर्तन गरिसकेको थियो ।

    जेसी लिङ्गार्ड र एन्थोनी मार्सियलको स्थानमा एलेक्सिस सान्चेज र हुँवा माटा मैदान प्रवेश गरेका थिए ।खेलको ५३ औं मिनेटमा एन्जल डि मारियाको कर्नरमा प्रेस्नेल किम्पेम्बेले हेडरमार्फत गोल गरे ।६० औं मिनेटमा डि मारियाको क्रसमा एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे । युनाइटेडका लागि हुँवा माटा, पल पोग्बालगायतले मौका पाएपनि त्यसको सदुपयोग गर्न सकेनन् ।

     

    खेलको अन्तिम समयमा युनाइटेड १० खेलाडीमा सिमित हुन पुग्यो । दोहोरो पहेंलो कार्ड पाएपछि पल पोग्बा मैदान छाड्न बाध्य भए ।उनले अब दोस्रो लेगको खेल पनि गुमाउने छन् । जोजे मौरिन्होलाई विस्थापित गर्दै प्रशिक्षक बनेका प्रशिक्षक ओले गुनर सोल्सजरको यो युनाइटेडमा पहिलो हार हो ।



    घरेलु मैदानमै हारेपछि भने युनाइटेडको अर्को चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

    दोस्रो लेग मार्चको पहिलो साता पीएसजीको घरेलु मैदानमा हुनेछ ।च्याम्पियन्स लिगको अर्को खेलमा एएस रोमाले घरेलु मैदानमा एफसी पोर्टोलाई २–१ ले हराएको छ ।

     

    रोमाका लागि निकोलो जानिओलोले दुवै गोल गरेका थिए । पोर्टोका लागि आड्रियन लोपेजले गोल गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…