• काठमाडौं । सत्ताधारी दल अर्थात नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज फागुन १ गते जनयुद्ध दिवस देशभर मनाउने तयारी गरिरहेको छ । त्यसका लागि नेतृत्व तहबाट सर्कुलर समेत जारी भएको छ ।

    तत्कालिन नेकपा माओवादीले चलाएको दश बर्षे छापामार युद्धलाई कहिल्यै नस्वीकारेको तत्कालिन नेकपा एमालेका नेताहरुले पहिलो पटक जनयुद्ध दिवस मनाउन लागेका हुन् ।

    गत बर्ष नेकपा माओवादी केन्द्रले पेरिसडाँडामा आयोजना गरेको जनयुद्ध दिवसमा तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि हुने प्रचार–प्रसार गरियो ।

    तर, अन्तिम समयमा ओली मात्रै होइन एमालेका कुनै नेता जनयुद्ध दिवसमा सहभागि भएनन् । एउटै चुनावी नारा बनाई निर्वाचनमा होमिएर बहुमत प्राप्त गरेका दुई दलमा ओलीले जनयुद्धलाई स्वीकार गरेका थिएनन् ।

    तर, गत जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि पनि जनयुद्धबारे दुबै दल मौन देखिए । पार्टी एकतापछि पनि पूर्वएमाले नेताहरु भन्दै थिए जनयुद्धलाई हामीले स्वीकार गरेका छैनौँ । तर, औपचारिक रुपमै नेकपाले जनयुद्ध दिवस मनाउन सर्कुलर नै जारी गरेपछि अव पूर्व एमाले नेताहरुले पहिलो पटक जनयुद्ध दिवस मनाउन लागेका हुन् ।

    २०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले सशस्त्र बिद्रोह सुरु ग¥यो । नयाँ जनबादी सत्ताको स्थापना गर्ने भन्दै दश बर्ष लामो चलाएको सशस्त्र बिद्रोह अन्तत २०६२/०६३ को आन्दोलनपछि १२ बुदे सहमति हुदै बिस्तृत शान्ति सम्झौता मार्फत बिराम लाग्यो ।

    तर, माओवादीले युद्ध सुरुवात गरेको दिनको स्मरण गर्दे हरेक बर्ष फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउदै आएको थियो ।

    जनयुद्ध शब्द सुन्नै नरुचाउने प्रधानमन्त्री केपी शर्मा ओली पनि दिवस मनाउन सहमत भएका छन् । ओली र दाहालको भेनेजुएला प्रकरणपछि वाकयुद्ध नै चल्यो । नेकपाका अध्यक्षद्धय ओली र दाहालबीचको छलफलले बिवाद समाधान मात्रै गरेन पूर्व एमालेलाई जनयुद्ध दिवस मनाउन बाध्य पा¥यो ।

    ओलीले पनि बनाए यस्तो बहाना

    तत्कालीन माओवादीको भातृ संगठन जनसांस्कृतिक महासंघ नेपालले भोली प्रज्ञा भवनमा २४ औं जनयुद्ध दिवसका अवसरमा कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रचण्ड हुनेछन् । कार्यक्रममा प्रधानमन्त्रीलाई पनि निम्तो गरिएको भए पनि व्यस्तताका कारण सहभागी नहुने सन्देश दिइएको छ ।

    पूर्व एमालेको प्रतिनिधित्व गर्दै सचिवालयका महासचिव विष्णु पौडेल सहभागि हुने बताइएको छ ।

    आज बिहान पार्टी कार्यालय धुम्बाराहीमा पनि ‘जनआन्दोलन र जनयुद्धका सहिदको सम्मान कार्यक्रम’ राखिएको छ । त्यसमा पनि प्रधानमन्त्री ओली अनुपस्थित हुने भएकाछन् ।

    आज ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ हुँदैछ । त्यस कार्यक्रममा प्रधानमन्त्री जानुपर्ने भएकाले उता जान नभ्याउने बताइएको छ । तर, धुम्बाराहीमा साढे १० बजे कार्यक्रम छ भने प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन साढे १२ बजे राष्ट्रिय सभागृहमा हुँदैछ ।

    भेनेजुएला प्रकरणले पुर्व एमाले सफ्ट

    भेनेजुएला प्रकरणले पुर्व एमाले सफ्ट भएको चर्चा चलेको छ ।

    किनकी भर्खरै सरकारको काम र भेनेजुएला प्रकरणमा असन्तुष्ट जनाएका प्रचण्डलाई जनयुद्ध दिवस मनाउन साथ नदिए थप विवाद बल्झने खतरा पुर्व एमालेहरुको बुझाई छ ।

    अध्यक्ष ओलीले आफु नगएपनि अन्य नेतालाई खटाएकाछन् । जनयुद्ध शब्द सुन्नै नरुचाउने पूर्व एमाले नेताहरु जनयुद्धलाई पार्टीकै दिवसका रुपमा मनाउन सहमत भएको चर्चा चलेको छ ।

    मोहन बैद्य नयाँ बिद्रोहमा चन्द अहिले पनि भूमिगत

    सँगै युद्ध लडेका सहयात्री मोहन बैद्य हुन या नेत्रबिक्रम चन्दले अझै पनि जनयुद्धको जगमा नयाँ बिद्रोहको सुरुवात गर्ने बताइरहेका छन् । चन्द अहिले पनि भूमिगत राजनीति गरिरहेका छन् ।

    उनीहरुले पनि जनयुद्ध दिवस मनाउदै आएका छन् । पार्टी एकतापछि जनयुद्ध दिवस के होला भनी पूर्व माओवादी नेता तथा कार्यकर्ताले चासो देखाइरहेका थिए ।

    माओवादीले ०५२ साल फागुन १ गतेबाट जनयुद्ध भन्दै हिंसात्मक आन्दोलन गरेको थियो । १० वर्षसम्म चलेको आन्दोलनका क्रममा सत्ता पक्ष र विद्रोही पक्षबाट करिब १७ हजार मानिस मारिएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…