• काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले क्रान्ति पुरा गरेरै छाड्ने उद्घोष गरेका छन ।

    २४औ जनयुद्ध दिवसको अबसरमा कुरा गर्दै प्रवक्ता प्रकाण्डले सो उद्घोष गरेका हुन् ।

    प्रवक्ता प्रकाण्डले जनयुद्धको नेतृत्व गरेका प्रचण्ड, बाबुराम क्रान्तिलाई निर्णायक बनाउने दायित्वबाट पन्छिएर जुन सत्ता र व्यवस्थाका विरुद्धमा जुन समाज र संस्कृतिको विरुद्धमा जनयुद्ध सुरु गरिएको थियो, त्यही वर्ग, सत्ता र त्यसैको व्यवस्थामा प्रवेश गरेपछि नेपाली जनतालाई धोका भएको बताए ।

    यसवाट क्रान्तिलाई ठूलो धक्का पुगेको बताउदै उनले अहिले प्रचण्ड र बाबुराम दलाल पुँजीपति वर्गको सत्ता र व्यवस्थाका नोकर बनेको ठोकुवा गरे । प्रचण्ड, बाबुरामलगायतले देश र जनतालाई धोका दिएर आफ्नो राजनीतिक जीवन र भविष्य पनि धरापमा पारेको प्रवक्ता प्रकाण्डको ठोकुवा छ ।

    प्रवक्ता प्रकाण्डले प्रचण्ड, बाबुरामलगायतवाट जनतालाई धोका भइसकेपछि क्रान्तिलाई नयाँ ढंगले संगठित गर्ने, क्रान्ति कारी पार्टी निर्माण गर्ने, फेरि क्रान्तिको झण्डा उठाउने र अघि बढ्ने महत्व, दायित्व र समाजको आवश्यकतालाई परिपूर्ति गर्ने लक्ष्यसहित फेरि आफ्नो पार्टी क्रान्तिमा लागिरहेको बताए ।

    उनले देशको पछिल्लो स्थितिलाई हेर्दा क्रान्तिलाई निर्णायक बनाउनु पर्ने राष्ट्रिय आवश्यकता भएको र क्रान्ति बिना देश र जनताको मुक्ति नहुने ठोकुवा गर्दै एक पटक सबै नेपाली जनतालाई क्रान्तिको यो महान प्रक्रियामा सहभागी हुन् अपिल समेत गरे । उनले भने– ‘क्रान्तिलाई निर्णायक बनाउनु अहिलेको आवश्यकता हो । त्यो आवश्यकता पूरा गर्नको निम्ति हाम्रो पार्टी क्रियाशील छ र हामी नेता कार्यकर्ताहरू प्रतिबद्ध भएर लागि राखेका छौं ।”

    प्रवक्ता प्रकाण्डले कुनैबेला देश र जनताको पक्षमा खडा भएको नेताहरू अहिले प्रतिक्रान्तिकारी कित्ता र प्रतिक्रियावादी सत्ताको सञ्चालक भएर हिँडिराखेका ठोकुवा गर्दै भने– ‘क्रान्ति, परिवर्तन र राष्ट्रिय मुक्तिको एजेण्डालाई अगाडि सार्ने, संघर्ष गर्ने त्यो विचार र लाइनलाई अगाडि सार्ने पार्टी र नेताहरूका विरुद्धमा अहिले दमनमा उत्रिएका छन् ।

    यसले के प्रष्ट पार्छ भने उहाँहरूले जति परिवर्तनको कुरा गरेपनि, उपलब्धिको कुरा गरेर जनतालाई भ्रमित गर्ने मूर्खता गरे पनि उहाँहरू जनविरोधी कित्तामा जानुभएको छ ।

    राष्ट्र र जनताका बिरुद्धमा उहाँहरूले दमन, अपराध र गडबडी गरिरहनु भएको छ भन्ने कुराको लाटाले पनि जान्ने बुझ्ने गरी प्रष्टाई भनेको अहिले हाम्रो पार्टी माथिको दमन, हामी नेता माथिको दमन, जनताका बिरुद्धको दमन, भ्रष्टाचार र कमिशनको खेल यसका ज्वलन्त उदाहरणहरू हुन । (क्षेप्यास्त्र साप्ताहिक)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…