• काठमाडौं, १ फाल्गुन । नेपाली कांग्रेसको जारी बैठकले आज पार्टीको विधान, राजनीतिक र आर्थिक प्रस्तावलाई अन्तिमरूप दिने भएको छ ।साथै कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिको गठन गर्ने प्रक्रियालाई अगाडि बढाउने र अध्यक्षको चयन गर्ने सम्भावना पनि रहेको छ । यसअघि हिजो वसेको बैठक मुख्य गरी विधान र संघको विषयमै केन्द्रित भएको जानकारी सहमहामन्त्री डा. प्रकाशशरण महतले दिए । बैठकमा विधानमाथिको छलफल जारी रहेको र आज बस्ने बैठकमा विधान, राजनीतिक, आर्थिक सबै विषय टुङ्ग्याउने उनको भनाई छ ।

    नेविसंघको पनि नयाँ तदर्थ समिति आउने उनले जानकारी दिए । उनले संघको हालको समितिको कार्यकाल विधानतः समाप्त भइसकेकाले आज तदर्थ समितिको अध्यक्षसम्म आउने जानकारी दिएका छन् । कांग्रेसमा विवादको मुख्य जड नै सबै पदाधिकारी तलैबाट आउनुपर्छ र आउनु हुँदैन भन्ने रहेको छ । आरक्षणमा पनि एकपटकभन्दा बढी अवसर दिनु हुँदैन र दिनुपर्छ भन्ने विवाद पनि कायमै छ । यस विषयमा पार्टीमा छलफल जारी रहेकाले आज निर्णय आउने जानकारी दिइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…