• काठमाडौं । कांग्रेस सांसद रमेशजंग रायमाझीले राष्ट्रिय सभाको वैठकमा धनीपूर्जा प्रदर्शन गर्दै भने– ‘यो धनीपूर्जामा के लिखिएको छ भन्ने सबैले सुनौं ।’ धनीपूर्जा वाचन गर्दै सुनाए– ‘यो जग्गा वीरगञ्ज उपमहानगरले बेचविखन र हक हस्तान्तरण गर्न नपाउने गरी वीपी उद्यान बाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न पाइने छैन ।’

    रायमाझीले देखाएको धनीपूर्जा वीरगञ्जमा रहेको वीपी उद्यानको थियो । नेपाल यातायात संस्थानको वीरगञ्ज स्थित दस विगाहा जग्गा वीरगञ्ज उपनगरपालिकाले खरीद गरेर त्यसमा वीपी उद्यान बनाउने निर्णय ०६० सालमै भएको थियो । तर, उद्यान बनाइएन । बीरगञ्ज अहिले महानगरपालिका बनिसकेको छ ।

    गत माघ १६ मा दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबू राउतले सो उद्यानलाई ‘सहिद उद्यान’का नाममा उद्घाटन गरिदिए । त्यसको विरोध गर्दै रायमाझीले भने– ‘विगतमा वीपी उद्यानका नाममा शाही कालमा उद्घाटन समेत भइसकेको हो । शाही शासनले पनि वीपीको नाम हटाएन, तर लोकतान्त्रिक भनिने सरकारले वीपीको नामको उद्यान हटाउन खोज्यो ।’
    उनले सोधे– ‘संरक्षण गर्नुपर्ने सरकार नै अराजक बन्ने हो ? कांग्रेसलाई निर्वाचनमा पराजित गरेर मात्र पुगेन, तलैबाट समाप्त पार्नुपर्छ भनेर नेकपा सरकार किन लागिरहेको छ ?’

    ‘सरकारले यस्तै काम गर्दै जाने हो भने सबै प्रदेशमा कांग्रेसले सदन अवरुद्ध गर्छ’– रायमाझीले भने– ‘प्रतिपक्षले काम गर्न काम गर्न दिएन भन्नुहुन्छ प्रधानमन्त्री । हामीले काम गर्न कहाँकहाँ रोक्यौं ? केकेमा रोक्यौं ? यस्तै हो भने कुनै पनि दिन सदन अवरुद्ध हुन्छ भन्ने अहिले नै जानकरी गराउन चाहन्छु’– उनले भने ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…