• कुमार खड्का फागुन १,पथरी
    मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० को नमुना चौकमा २०५२ सालमा स्थापना भएको बाल नमुना विद्या मन्दिरले रुप परिवर्तन गरेको छ ।
    साविकको नमुना चौकमा वाँसको टाटी सहितको कक्षा कोठामा विद्यार्थीलाई अध्यापन गराउदै आएको विद्यालयले स्थापना कालको २३ वर्ष पछि सो स्थान वाट लगभग ५०० मिटर पूर्वमा रहेको नमुना मार्गमा विद्यालयले ३ करोड रुपैयाको लगतमा १ विगाहा १० कठ्ठा जमिन खरिद गरि पूर्ण वालमैत्री वातावरण भएको नयाँ विद्यालय भवनको स्थापना गरि गत सरस्वती पुजा वाट औपचारीक रुपमा पठन– पाठन सुरु गरेको छ ।


    नया भवनमा १७ वटा कोठा रहेका छन् भने १३ वटा कोठा पूर्ण रुपमा निर्माण समपन्न गरि कक्षा सञ्चालनमा ल्याएको छ । अन्य ४ कोठामा कार्यालय सञ्चालनमा प्रयोग गरिने भएको छ ।
    कक्षा ७ सम्मको अध्ययन अनुमति पाएको सो विद्यालयले हाल २५० विद्यार्थीलाई अध्यापन गराउदै आएको छ । पथरीशनिश्चरे नगरपालिकाका १७ जना शिक्षा प्रेमीको सामुहिक लगानीमा पूर्ण नयाँ व्यवस्थापन सहित संचालन भैरहेको सो बिधालयमा निरन्तर कक्षा थप गर्दै जाने योजना रहेको विद्यालयका प्रधानाध्यापक सरोज तिम्सिनाले वताए ।


    त्यस्तै गरि आगामी १ वर्ष भित्रमा चिल्ड्रेन पार्क, प्ले स्टेसन, स्विमिङ पुल तथा सम्पूर्ण खेल अनुसारको ग्राउण्ड ब्यवस्थापन लगायतको वृहत योजना सहित भवनको निर्माण गरिएको हुनाले १ वर्ष भित्रमा वाँकी रहेका समपूर्ण आधारभुत तत्वहरु पुरा गर्ने योजना रहेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तथा उद्घाटन समारोहका प्रमुख अथिति वीर वहादुर घिमिरेले वताए ।
    भवन उद्घाटनको अवसरमा विद्यालयमा बाल रोग विशेषज्ञ डा. रुपेश सिंहको प्राविधिक सहयोगमा ३० जना वालवालिकाको स्वास्थ्य परिक्षण समेत गरिएको थियो । सोहि अवसरमा विधालयमा सिद्धार्थ बैककोे शुन्य मौज्दातमा खाता सञ्चालनमा ३० जना अभिभावकहरुले खाता खोलेका थिए ।
    सरस्वती पुजाकै अवसरमा अक्षरारम्भ कार्यक्रमको आयोजना गर्दै सोही दिन ३० जना बालबालिका नयाँ भर्ना गरिएको प्रधानाध्यापक तिन्सिनाले बताए। उनले बाल मनोबैज्ञानिक तरिका साथै मल्टीमिडिया बाट पठनपाठन हुने समेत जानकारी दिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…