• कुमार खड्का फागुन १,पथरी
    निजि तथा आवाशिय विद्यालयहरुको साझा संगठन एनप्यावसन मोरङले फागुन २÷३ गते २ दिने स्पोर्ट मिट गर्ने भएको छ ।
    मोरङ जिल्लामा रहेका १०० वढि एनप्यावसनमा आवद्घ विद्यालयहरुको साझा संगठनले जिल्लाका ८० वढि विद्यालयहरुको सहभागितामा वार्षीक कार्यतालिका अन्र्तगतको दोस्रो वर्षको स्पोर्ट मिट विहिवार र शुक्रवार सञ्चालन गर्न लागेको हो ।


    राज्यको संरचनाकै ढाँचामा पहिलो पटक प्रदेशको स्थायी राजधानी तथा मोरङ जिल्लाको सदरमुकाम वाहिर यो प्रतियोगिता गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
    प्रतियोगितामा भलिवल,कब्बडी,एथलेष्टि,मिनि म्याराथुन,रिले रेस,हाई जम्प, लङ जम्प,ट्रिपल जम्प र सट पुट मा ८० विद्यालयका २ हजार विद्यार्थीले सहभागिता जनाउने वताईएको छ ।
    एथलेष्टिक्समा १००,२००,४००,८०० मिटर रेसमा छात्र, भलिवल,कब्बडी,हाई जम्प,लङ जम्प, ट्रिपल जम्प र सट पुटमा मा मावि र आधारभुत तहका छात्र÷छात्रा दुवैको सहभागिता रहने भएको छ भने ५ हजार मिटरको मिनि म्याराथुनमा मावी तहका विद्यार्थीहरुको सहभागिता रहने खेल संयोजक समितिका सदस्य दिपेन्द« खुलालले वताए ।
    प्रतियोगिता मोरङको वेलवारी नगरपालिका वडा नम्वर ११ लक्ष्मी मार्गमा रहेको लक्ष्मी खेलमैदान हुने छ भने प्रतियोगिताको उद्घाटन प्रदेश नम्वर १ का अन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कुमार कार्कीले विहिवार १० वजे गर्ने कार्यक्रम तय भएको वुधवार खेलमैदानमा भएको पत्रकार भेटघाट कार्यक्रममा आयोजकले जानकारी दिएको छ ।
    राज्यको शिक्षा निति अनुसार विद्यार्थीको सर्वाङ्गीण विकाशमा विद्यालयले खेल्नु पर्ने भुमिका र अभिभावकको रुचि पनि कितावी ज्ञानका साथ साथै अन्य अतिरिक्त क्रियाकलापमा पनि रुचि रहेकाले विद्यार्थीको वृति विकाशका लागि स्र्पोट मिटको आयोजना गर्न लागेको एनप्यावसन मोरङका अध्यक्ष सुनिल दत्त अधिकारीले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…