• काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा कम्युनिष्ट पार्टी बनेपनि उनीहरुको विचार र जिल्लादेखि तलसम्म संगठनसमेत मिल्न सकिरहेका छैनन् ।

    दुई पार्टीका नेताहरुबीच विचार नमिल्ने एउटा गतिलो उदाहरण देखियो । पूर्व माओवादीका नेताहरुले आफुहरुले उनीहरुको भनाई सशस्त्र जनआन्दोलन सुरु गरेको दिनलाई भव्यताका साथ मनाउनु पर्ने थियो ।

    बल्लबल्ल दोस्रो वरियताका अध्यक्ष तथा पूर्वमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले नै जनयुद्ध दिवस मनाउने निर्णय प्रधानमन्त्री तथा पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीसंगको सहमतिमा गरे । तर, कार्यक्रममा ओली मात्रै होइन पूर्व एमालेका सिनियर कुनै पनि नेता नपुगेपछि विचार नमिलेको प्रष्टै भयो ।

    पूर्व एमाले नेताहरु नआएपछि अध्यक्ष प्रचण्डले आफ्ना सीमित नेता तथा कार्यकर्ताहरूसँग जनआन्दोलन र जनयुद्धका शहीदहरूको श्रद्धाञ्जलि सभा कार्यक्रम सम्पन्न गरे । पूर्वएमालेको पार्टी मुख्यालय रहेको धुम्बाराहीको पार्टी कार्यालयको कोठामा कार्यक्रम आयोजना हुँदा पनि पूर्व एमाले नेताहरु अनुपस्थित हुनुलाई प्रचण्डले अनौठो मानेका छन् ।

    कार्यक्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली नआएपछि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल र युवराज ज्ञवालीलाई कार्यक्रममा पठाए ।
    तर, आफुपछिको बरियतामा रहेका पूर्वप्रधानमन्त्री भइसकेका शीर्ष नेताहरु भने कार्यक्रममा उपस्थित भएनन् ।

    वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, घनश्याम भुसाल, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेल जस्ता नेताहरू कार्यक्रममा सहभागि भएनन ।

    उनीहरु नआएपछि गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री एवम् प्रचण्डकी बुहारी बिना मगर, नेता टोपबहादुर रायमाझी, नेतृ पम्फा भुसाल, नेता दीनानाथ शर्मा लगायतका नेताहरूको सहभागितामा मलिनो अनुहारसहित प्रचण्डले कार्यक्रम सम्पन्न गरे ।

    मञ्चभन्दा तल सर्वसाधारण बस्ने कुर्सीहरूमा पनि एमाले पृष्ठभूमिका कार्यकर्ताभन्दा पनि माओवादी पृष्ठभूमि भएका नेता तथा कार्यकर्ताहरूको मात्रै सहभागि देखिन्थे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली कार्यक्रममा नआउनुका विषयमा पनि जानकारी गराएका थिए । ‘सरकार गठन भएको एक वर्ष भएको छ । त्यसको समीक्षा गर्नुपर्ने भएकाले प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी ओली आउन सक्नु भएन’, उनले भने, ‘ओलीजीसँगको सल्लाहमै कार्यक्रम राखिएको हो ।’

    कार्यक्रममा ओली नआएको विषयलाई माओवादी र एमालेबीच फुट पैदा गर्नेहरूले भ्रम सिर्जना गरेको प्रचण्डले आरोप पनि लगाए । प्रचण्डले सधै मनाउँदै आएको कथित जनयुद्ध दिवसको नाम परिवर्तन गरेर जनआन्दोलन र जनयुद्धका शहीदहरूको श्रद्धाञ्जलि सभा कार्यक्रम भनेर मनाएका छन् । एमालेसँग माओवादीको एकीकरण भएसँग प्रचण्डले यस पटकदेखि जनयुद्ध दिवस भन्ने शब्दावली पनि छाडेका छन् ।

    तर, कार्यक्रममा ओली नजानुको भित्री रहस्य भने अर्कै रहेको ओलीका एक सहयोगीले जानकारी दिए । उनका अनुसार माओवादी हुँदासम्म एमाले अध्यक्षको नाताले सक्दो विरोध गरेका ओलीले अहिले कार्यक्रममा सहभागिता जनाउँदा व्यापक विरोध खेप्नु पर्ने डरले सहभागिता नजनाएका हुन ।

    माओवादीको जनयुद्धलाई सबैभनदा बढि कटाक्ष गर्ने एमाले नेतामा ओलीको नाम एक नम्वरमा आउथ्यो । यतिसम्मकि ओलीले २०६२÷०६३ को जनआन्दोलनले राजा फाल्छ भन्दा ‘बयलगाढा चढेर अमेरिका पुगिन्न’ भन्ने टिप्पणी सार्वजनिक रुपमा गरेका थिए । अभियान टाइम्सबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…