पछिल्लो समय बिजुलीको करेन्ट लागेर अपाँगता भएका व्यक्तिहरु लगातार मिडियामा आईरहेका छन् । कृष्ण वलिपछि बाँकेका बुद्धिमान कुवँर, त्यसपछि पुर्वका हरिकाजी ढुँगाना लगत्तै बिराटनगरकी मेघा घिमिरे मिडियामा आए र सहयोग पनि पाए ।
अब बुटवलकी रुपा रौतारको भिडियोहरु युटुब च्यानलहरुमा देखिन थालेका छन् । त्यसैगरी करेन्ट बाटै खुट्टा गुमाएका याङ्वरक २ पाँचथरका २९ वर्षिय रमेश बेघा लिम्बू सहयोग माग्दै मिडियामा आएको छ ।
करेन्ट लागी जीवन र मृत्युको दोसाँधमा छट्पटाउदै गर्दा १५ महिने छोरी र श्रीमतीको बिचल्ली भएको छ ।
उनलाई सहयोगको लागि पीडितको मोबाइल न. ९८१६९८०३७१ मा सम्पर्क गर्न सक्नु हुन्छ ।