• काठमाडौं : नेपाल विद्यार्थी संघका निवर्तमा सदस्य तथा पदाधिकारीहरुले कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन् । उनीहरुले तदर्थ समिति ३२ वर्षे उमेर हद कायम गरी हुनुपर्ने माग गर्दै केन्द्रिय नेतालाई ध्यानाकर्षण गराउन नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, उमेश थापामगर,नमराज त्रिपाठी ,गणेश सापकोटा ,विद्यार्थी नेता निरन्जन थापा लागयतका विद्यार्थी नेताहरूको नेतृत्वमा धर्ना दिएको हो ।

    पार्टी कार्यलय सानेपामा उपस्थित विद्यार्थीहरुले ३२ बर्ष माथिको तदर्थ समिती बनाए विद्यार्थीहरुको भेलाबाट ३२ बर्ष मुनिको नेबि संघको अर्को समिती बनाउने पार्टी सभापती शेरबहादुर देउवा लगयत नेताहरुलाई चेतावनी दिएको विद्यार्थी नेता सुबिन पराजुलीले बताए । यसअघि उनीहरुले विद्यार्थीको हकहितका लागि लड्न सक्ने नयाँ नेतृत्व चयन गर्न आग्रह गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए । निवर्तमान अध्यक्ष महरको दुई वर्षको कार्यकालमा संघको महाधिवेशन गराउनुपर्ने भएपनि महाधिवेशन गर्न नसकेपछि महर नेतृत्वको कार्यसमितिको म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा दुई धार देखिएको थियो । महर नेतृत्वको कार्यसमितिको दुई वर्षे कार्यकाल सकिएर दुई पटक म्याद थप भइसकेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…