• काठमाडौं । जतिबेलासम्म मुलुकमा माओवादी युद्ध चलिरहेको थियो । सो समयमा जन आन्दोलनको धेरै विरोध गरेको थियो भने त्यो थियो एमालेले । उसले त्यतिबेला खरो रुपमा युद्धको विरोधमा उत्रिएको पूर्व एमालेका नेताहरुले आफ्नो सिद्धान्तलाई लिलामीमा बेचेर त्यही जनयुद्ध दिवसलाई उल्लासपूर्ण रुपमा मनाएका छन् ।

    तत्कालीन माओवादीका नेताहरुले धुम्बराहीमा जनयुद्धको स्मरण गर्दै दिवस मनाईरहँदा सिद्धान्तलाई सर्वाेपरी मान्ने नेकपाकै केही नेताहरु भने यो दिनलाई पूर्व एमालेहरुको सिद्धान्त पतनको दिनको रुपमा आलोचना गर्छन् । यसरी अहिलेको नेतृत्वको आलोचना गर्ने केहीले सामाजिक सञ्जालमा नै यसको आलोचना गरेका छन् भने केहीले आफ्नो नाम नलेखिदिन आग्रह गर्दै यसप्रति असन्तुष्टि जनाउने गरेका छन् ।

    यो दिनलाई जनआन्दोलन दिवसको रुपमा स्वीकार गरेका नेताहरु पनि यसलाई खुल्ला हृदयले स्वीकारेको जस्तो अभिव्यक्ति भने दिँदैनन् । तत्कालीन एमालेका नेता पशुपति चौलागाइ सञ्चारकर्मीहरुको प्रश्नमा अहिले पार्टी तदर्थ अवस्थामा रहेकाले दुवै पक्षका विषयलाई समेट्दै लैजाने क्रममा यो दिवस मनाउन लागिएको बताउँछन् । उनले यो दिवस भविश्यमा मनाउने की नमनाउने भन्ने बारेमा पुर्नविचार गर्न सकिने र अहिले भने परिस्थीतिजन्य रुपमा ग्रहण गरिएको बताए ।

    राजनीतिक सिद्धान्त भनेको आज स्वार्थ पूरा गर्नको लागि एकातिर लाग्ने र स्वार्थ सकिएपछि अर्काे तिर लाग्ने खालको हुनुहुँदैन । तर, तत्कालीन एमालेका नेताहरुले भने राजनीतिक सिद्धान्तलाई खेलको रुपमा राखेर हल्का रुपमा प्रस्तुत गरेको आरोप समेत तत्कालीन नेकपाकै केही नेताहरुले लगाउने गरेका छन् । नेकपाकै एक केन्द्रीय सदस्यले भने ‘आफ्नै पार्टी कार्यालयमा तत्कालीन नेकपाका साथीहरुले आफ्नै सिद्धान्तको हत्या गर्नुभयो, एमालेले कहिलै स्वीकार्न नसकेका जनयुद्धको स्मरणमा आज पार्टी कार्यालयमा नै धुमधामका साथ मनाईयो । यसलाई सैदान्तिक पतनकै रुपमा बुझ्ने गरेको छु ।’ ती नेताले एमाले माओवादीसँगै सति गएको भन्दै नेकपामा सति प्रथाको सुरुवात भएको आरोप समेत लगाएका छन् ।

    बुधबार धुम्बाराहीमा भएको जनआन्दोलन दिवस विशेष बैठकमा नेकपाका महासचिव विष्णु पौडेलले जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै जनआन्दोलन र जनयुद्धकै माध्यमबाट आजको परिवर्तन सम्भव भएको बताए । पौडेल तिर्न नेता हुन् जसले एक सर्कुलर जारी गर्दै देशभर कार्यक्रम गर्न निर्देशन दिएका छन् । नेकपाको केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा हुने कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएपनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका केही शीर्ष नेताको भने उपस्थिति थियो ।

    यसरी नेकपाको आधिकारिक कार्यक्रमको रुपमा मनाईने यो कार्यक्रमको नामको विषयमा समेत धेरै विवाद भएकै हो । कुनै समय आफैंले खरो रुपमा विरोध गरेको सो युद्धलाई स्वीकार्न तयार रहेका तत्कालीन एमालेका नेताहरुले नामको लागि भने ठूलै रडाको मच्चाए । यसको पुष्टि विष्णु रिजालले सञ्चारकर्मीहरुलाई सच्याएर दिएको अभिव्यक्तिले पनि पुष्टि गरेको छ ।

    नेकपा भित्रै पनि यो आन्दोलनको विरोध समेत नभएको भने होईन । नेकपाका केन्द्रीय सदस्य एवं तत्कालीन नेकपाका नेता सूर्य थापाले फेसबुकमा लेखेका छन् ‘‘जनयुद्ध दिवस सहिद दिवस वा जनआन्दोलन दिवस मनाइएजस्तो होइन ।आमूल परिवर्तनको प्रक्रियामा २०५२—२०६२ को अवधिमा संचालित सशस्त्र संघर्ष खासमा जनयुद्ध थियो कि थिएन ? विवाद र बहस जारी नै छ । यसका बहुआयामिक सकारात्मक, नकारात्मक प्रभाव, सन्दर्भ र आयामहरू छन् । १७ हजार नेपालीका लागि यो मृत्यु बनेर आयो । त्यसैले उनीहरूका लागि यो जनयुद्ध नभएर काल पो बनिदियो !

    कार्यक्रमको नाम र त्यसमा प्रधानमन्त्री केपी ओली गएको र नगएको भन्ने कुराले भन्दा पनि नेकपाका त्यति धेरै नेताहरुले सो कार्यक्रम स्वीकारेको र पार्टीले आधिकारिक रुपमा नै जनयुद्ध दिवस मनाएको कुराले पनि पूर्व एमालेहरुले समेत यो दिवस मनाएको कुरालाई पुष्टि गरिदिएको छ । तर, यसको प्रतिक्रिया सिद्धान्तको पछि लाग्ने तत्कालीन एमालेका नेताहरुको लागि भने यसले अवश्य पनि उत्साह छाएको देखिँदैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…