• काठमाडाैं,१ फागुन

    सभापति देउवाले परामर्श गरेर मात्रै नेविसंघको तदर्थ समिति गठन गर्नेनेपाली कांग्रेस सभापति शेरबहादुर देउवा।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति आवश्यक परामर्श गरी गठन गर्ने भएका छन् । नैनसिंह महर नेतृत्वको कार्यसमिति विघटन भएपछि सभापति देउवाले पार्टीभित्र छलफल गरेर मात्र तदर्थ समिति गठन गर्न लागेका हुन् । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरुले एक पक्षिय रुपमा टिका लगाएर नभइ परामर्श गरेरमात्र गठन गर्नुपर्ने बताउँदै आएका थिए ।

    आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति विमलेन्द्र निधिले महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव , प्राप्त सुझाव सहित परिमार्जन गरी आजको बैठकमा पेश गरेका छन् । त्यस्तै भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघ र शुभेच्छुक संस्था प्रजातान्त्रिक वन प्राविधिक संघ–नेपालद्वारा स्वीकृतिका लागि पठाइएको विधान पनि बैठकमा पेश भएको छ ।

    आजको बैठकमा केन्द्रीय सदस्यहरु बालकृष्ण खाण, रमेश रिजाल, महेन्द्र यादव, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, बहादुर सिंह ९लामा० तामाङ, लक्ष्मी परियार, अमृत अर्याल र अतहर कमाल मुसलमानले आ–आफ्नो धारणा राखेका थिए।
    अर्को बैठक फाल्गुण ९ गते दिउँसो १ वजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…