बाहुनडाँगी । नेपाल जेसीज वर्ष २०१९ को लोम लिडरसीप एवम् काउन्सुलर एकाडेमी शुक्रवारबाट काठमाडौँमा सुरु हुँदैछ ।
२ दिनसम्म सञ्चालन हुने एकाडेमीमा वर्ष २०१९ मा देशभरका शाखाहरुका अध्यक्ष, महासचिव र कोषाध्यक्षको सहभागिता रहनेछ । साथै एकाडेमीमा नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरुको सहभागिता रहनेछ ।
एकाडेमीका लागि मुख्य प्रशिक्षकका रुपमा सिनेटर दिपक शाक्य र सहायक प्रशिक्षकका रुपमा सिनेटर राजाबाबु शाह रहनु हुनेछ् । यसैगरी उक्त एकाडेमीमा सिनेटर मिलन गुरुङ, सन्तोष क्षेत्री, डाक्टर दिनेश प्रसाई, सिनेटर राजु केसी, विकल शेरचन, रश्मि शिल्पकार, सिनेटर राजेन्द्रबहादुर श्रेष्ठ, तिर्थराज पौडेलले विभिन्न विषयमा प्रशिक्षण गराउनु हुने कार्यक्रम तय गरिएको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले बताउनु भयो ।
होटल एल्लो पेगोडामा हुने एकाडेमीको सबै तयारी पुरा भएको र शाखाबाट काठमाडौँ आउने क्रम सुरु भएको नेपाल जेसीजको सचिवालयले बताएको छ । एकाडेमीमा नेपाल जेसीजले सर्कुलर गर्ने विभिन्न कार्यक्रम, शाखामा गर्नु पर्ने काम, शाखा सञ्चालन तथा व्यवस्थापन, युवा उत्प्रेरणा तथा जेसीआइमा युवा सहभागितालगायतका विषयमा प्रशिक्षण गाइनेछ । एकाडेमीमा सहभागि हुन फर्मल ड्रेससहित नेपाल जेसीजले तोकेको समयभित्र अनिवार्य पुग्नु पर्ने यस अघि नै सर्कूलर गरिएको छ ।
शुक्रवार बिहान १० बजेबाट सुरु हुने एकाडेमी शनिवार राती सम्पन्न हुनेछ ।