काठमाडौं,२ फागुन- आज १४ फेब्रुअरी अर्थात प्रणय दिवस विश्वभर आपसमा प्रेम–सद्भाव साटासाट गरी मनाइँदैछ।प्रणय दिवसको अवसरमा आ–आफ्ना प्रेमी–प्रेमिकालाई विभिन्न उपहार प्रदान गरी प्रेम–सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ। विशेषगरी यस दिवसमा गुलाफको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ। युवा पुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी–प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा पनि लिने गरेका छन् ।
तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस ‘भ्यालेन्टाइन डे’ को इतिहास लाई फर्कर हेर्दा पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ। तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे।
उनले सम्राटको उर्दीको विपरित लुकिछिपी जोडीहरूलाई बिहे गराइदिन थाले। एक कान, दुई कान हुँदै यो कुरा सम्राटको कानसम्मपुग्यो । भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो । जेलरकी छोरी उनलाई भेट्न जेलमा आइरहन्थिन् । झुण्ड्याइनु अघि उनले “Love from your Valentine”” भनि हस्ताक्षर गरी एउटा नोट ती महिलालाई दिए।
भ्यालेन्टाइनलाई ई. पू. २७० को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइयो। विश्वास गरिन्छ कि उनले ती महिलालाई प्रेमका बारेमा दिएको लिखतबाट भ्यालेन्टाइन्स डेका दिन आफ्नो सन्देश लेखेर दिने चलन चलेको हो। उनलाई मृत्युदण्ड दिएको दिनमा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो।
उनको बुझाइ थियो,अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्। त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो।प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो।भ्यालेन्टाइन डेलाई यसरी रोमान्टिक बनाउन सकिन्छ ।
१) एक अर्कासँग समय बिताउनुहोस्।
२) दिनको शुरुवात र अत्यलाई बिशेष बनाउनको लागि प्रेमी–प्रेमीकालाई मनपर्ने क्रियाकलाप गर्नुहोस्। जसले प्रेमसम्बन्धमा एकदमै प्रगाढता आउँछ।
३)फुलले मानिसलाई सकारात्म प्रभाव पार्छ। त्यसकारण पनि वातावरणलाई रोमान्टिक बनाउनुहोस्।
४)प्रेमी–प्रेमीकालाई खुसी बनाउन बिशेष योजना बुन्नुहोस्। प्रेमी–प्रेमीकालाई मनपर्ने ठाउँमा घुमाउन लैजानुस् र उनीसँग समय बिताउनुस्।
५) प्रेमदिवसको अवसरमा रोमान्टिक कविता वा गीत लेख्नाले प्रेमी–प्रेमीकाले एकदमै स्पेशल फिल गर्छन्। गीत र कविताले त्यहाँको माहोललाई नै दमदार बनाइदिन्छ।
६) प्रेमी–प्रेमीकाले एकअर्कालाई खुशी पार्नको लागि दुवैलाई मनपर्ने काम गर्नुहोस्। आजको दिनमात्र भएपछि एकअर्कालाई मनपर्ने काम गर्नाले दुवैबीचको प्रेम अझ प्रगाढ बन्छ।
७) सरप्राइज सबैलाई मनपर्छ। त्यसकारण आफ्नो प्रेमी–प्रेमीकालाई सरप्राइज दिनु उचित मानिन्छ।