• काठमाडौं । सामाजिक काममा क्रियाशिल रहनुभएका मोरङ कानेपोेखरीका देवेन्द्र लुईटेलको कामले धेरै जनाको मन छोएको छ । लुईटेल घर आउँदा होस या जाँदा आफ्नो ठाउँको २ देखी ३ जना सम्मलाई आफ्नो निजी कारमा निशुल्क  चढाएर गन्तब्यमा पुर्याईदिनुहुन्छ ।
    काठमाठौंबाट घर कानेपोखरी जाँदा वा कानेपोखरीबाट काठमाडौ, फेसबुकमा यस्तो पोष्ट गर्नुहुन्छ, कोहि जाने हुनुहुन्छ भने सम्पर्क गर्नुहोला । नभन्दै उहाँको पोष्टमा कमेन्ट आउछ कि त सम्पर्क गर्छन् । अनि उहाँले आफु जाँदा सम्पर्कमा आएकाहरुलाई लगिदिनुहुन्छ ।

    समाजसेवी लुईटेल भन्नुहुन्छ, त्यसैपनि म घर जाँदा कार खालि नै हुन्छ,गन्तब्यमा पुर्याईदिएर गाउँवाशीको सेवा गर्न पाइएको छ । उहाँहरुको गाडीभाडा खाना खर्च जोगिन्छ । निशुल्क ल्याएपछि खाना आफै तिरेर खान्छौ भन्दा पनि लुईटेल खर्च तिर्न पटक्कै दिनुहुन्न ।
    लुईटेलको यो कामले गाउँमा निक्कै प्रशंशा पाएको छ । किनकी गाडी भाडामा लाग्ने खर्च जोगिएको छ । सहजयात्रा भएको छ । उहाँको ओहोर दोहोर गर्ने काम परिरन्छ । त्यसैले महिनामा ६/ ७ चोटी ओहोर दोहोर हुन्छ ।
    आजभोली गाउँघरमा कोहि काठमाडौं जानु परे वा काठमाडौंबाट घर आउनु परे धेरै जनाले सम्झिहाल्छन्, देबेन्द्र दाई घर कैले जानुहुने रैछ ।

    लुईटेलको सामाजिक कामहरु यतिमै सिमित छैन । लुईटेलले धेरै काम गाउँकै हितमा गर्दै आउनुभएको छ । स्थानीय स्तरमा खेलकुद,विकास निर्माण,शैक्षिक क्षेत्रमा उहाँले सकेको सहयोग गर्दै आउनुभएको छ । लुईटेल गाउँ आउँदा गाउँघरकै विकास निर्माणका काममा आफुले पुर्याउन सक्ने सहयोगको बारेमा लागिपर्नुहुन्छ । केहि न केहि सामाजिक काम गरेकै हुनुहुन्छ । त्यसैले युवा व्यवसायी समेत रहनुभएका लुईटेल गाउँवाशीको प्रिय हुनुहुन्छ ।

    गाउँमा मठमन्दिर भजन कृतनका साउण्ड सिस्टम दिने, सन्थाल,मुसहर बस्ती सबैमा कैले न्यानो कपडा त कैले उनीहरुको चाँडपर्वको लागि सहयोग पुर्याउनुहुने लुईटेल आफ्नो सामाजिक कामलाई अझै फराकिलो बनाउदैं लैजाने बताउनुहुन्छ । उहाँ गाउँका युवाहरुको यतिवेला मार्गदर्शक पनि हुनुहुन्छ । 

     

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…