फागुन २,पथरी ।
पुर्वि मोरङ्गका खाना र संगित पारखीहरुलाई लक्षित गरि पथरी र कानेपोखरीका ७ युवा व्यवसायीहरुको ६५ लाख रुपैयाँको संयुक्त लगानीमा सञ्चालनमा आएको सिक्का लञ्च एण्ड बार विथ लाइभ म्युजिक नामको वारको औपचारीक उद्घाटन नगर प्रमुख दिलिप कुमार राईले गरेका छन् ।
भ्यालेन्टाइनडेको अवसर पारेर सो वारले आफ्नो औपचारीक व्यावसाय सञ्चालनमा ल्याएको छ ।
७० जना ग्राहक क्षमता सहितको बार सँगै ५० जनाको क्षमता भएको बर्थ डे पार्टी हल र २५ जना अट्ने मिटिङ्ग हल पनि संचालन गरिने सिक्का वारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संचालकमध्येका सञ्जीव गिरिले बताए
सांगीतिक र पारिवारिक वातावरणमा खानपिन सहितको सुविधा सम्पन्न सो बार प्रणय दिवसको अवसर पारेर विहिवार वाट उद्घाटन गरि व्यावसाय सञ्चालन थालिएकोे संचालक धिरेन सुब्बाले बताए ।
पथरी र अन्य छिमेकी पालिकाका आसपासका खानाका सौखिनहरुलाई नगर बाहिर गएर रमाइलो गर्नु पर्ने बाध्यताको अन्त्य गर्दै पथरीमै पारिवारिक बातावरणमा बसाउने उदेश्यका साथ बार संचालनमा ल्याउन लागेकोसंचालक धिरेन सुब्बाको भनाई छ ।
प्रत्येक शुक्रवार, शनिवार र आइतबार बिशेष सांगीतिक प्रस्तुती सहित सिक्का स्पेसल परिकार सो बारको आकर्षक रहेको बताइएको छ ।
वारमा युवा व्यवसायीहरु धिरेन सुब्बा, सञ्जीव गिरि , मिलन श्रेष्ठ , पुजन गजमेर, नैना राई, सुजन श्रेष्ठ र विशु राईको लगानी रहेको छ ।