• विराटनगर/ अर्थोपेडिक ( हाडजोर्नी) का चिकित्सक एंव विशेषज्ञहरुको २४ औं अर्थोकोन सम्मेलन को पुर्व संध्यामा बुधवार एक दिने प्रि कन्फेरेन्स वर्कसप गरिएको छ।
    विराटनगरको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियेलिटी हस्पिटलको सभाकक्षमा प्रि कनफेरेन्स भएको हो । कन्फेरेन्समा अर्थोपेडिक चिकित्सा एवं विशेषज्ञहरुले , उपचार पध्दती एवं नयाँ उपलब्धीबारे अनुभव आदन प्रदान गरे।
    वर्कसपमा न्युरो अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन तथा २४ औं अर्थोकोनका आयोजना अध्यक्ष डा. नविन कुमार कर्ण को नेतृत्वमा अर्थोस्कोपीबाट हेर्ने तरिका , कृत्रिम जोर्नी फेर्ने तरिका , हड्डीको विशेष शल्यक्रिया लगायत को कार्य अनुभव तथा चिकित्सा क्षेत्रमा नयाँ प्रबिधी बारे चर्चा गरिएको थियो ।

    घुडा सम्बन्धी शल्यक्रिया बारे प्रकाश पार्दै भारतका एम्स अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन एवं विभागीय प्रमुख डा. तथा डा. एच एल नागले कुनै पनि शल्यक्रिया कसरी गर्ने तथा शल्यक्रियाको डाइग्नोसिस पध्दतीबारे अन्य प्रशिक्षार्थिलाइ जानकारी गराए । वर्कसपमा १५ वरिष्ठ अर्थोपेडिक सर्जनहरुले आ-आफ्नो कार्य , उपलब्धी तथा हाडजोर्नी सम्बन्धी प्रयोगात्मक प्रस्तुती दिए । ३० जना अर्थोपेडिक सर्जन प्रशिक्षार्थी का रुपमा सहभागि थिए।

    वर्कसप न्युरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ नेयुरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्ट ले विराटनगरमा मेडिकल हवको रुपमा विकसित भइरहेको र हुदै गरेको अर्थोकोन ०१९ तथा प्रिकन्फरेन्स वर्कसपले यो कुरालाइ प्रमाणित गरेको वताए।
    न्युरो अस्पताल विराटनगर ले नयाँ नयाँ मेसिन र प्रविधीहरु भित्याउदै न्युरो आधुनिक चिकित्सा पध्दतीमा प्रवेस गर्दै विरामीहरुको स्वस्थ्य उपचार गरिरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…