• भारत। भारत प्रशासित कश्मीरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी विद्राहीहरूले बिहीबार गरेको आक्रमणमा कम्तीमा ४२ सुरक्षाकर्मीको ज्यान गएको छ । कश्मीरको प्रमुख सहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्लास्थित राजमार्गमा गुडिरहेका सैनिक गाडीहरूलाई लक्षित गरी आक्रमण गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विशेष प्रहरी अधिकारी मुनिर अहमद खानका अनुसार विद्रोहीहरूले गाडीमा राखिएको विस्फोटक पदार्थ रिमोट कन्ट्रोलमार्फत विस्फोट गराएका हुन् । आक्रमणमा परी दर्जनौं अर्धसैनिक बलका सदस्य घाइते छन् । खानले घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको बताए । आक्रमणको आतंककारी समूह जैस–ए–मोहम्मदले जिम्मा लिएको छ । समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै ‘वाकास कमान्डो भनिने आदिल अहमदले आक्रमण गराएको’ उल्लेख गरेका छन् । भारतीय सुरक्षाकर्मीमाथि केही वर्षयता भएको यो ठूलो आक्रमण हो । भारतको कश्मीरमा करिब ५ लाख सैनिक कार्यरत छन् । सन् १९४७ मा भारत र पाकिस्तान स्वतन्त्र भएयता दुई देशबीच सीमा विवाद जारी छ । जसका कारण सीमाक्षेत्र सधैंजसो तनावग्रस्त रहने गरेको छ ।

    अर्को समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…