लक्ष्मी केसी
उनका नजर राम्रामा झट्ट पर्ने
कुल खान्दान
परिवारको ब्यागग्राउन्डमा पर्थ्यो
सत्य तीखो लाग्थ्यो उनलाइ
झटपट पचाइ हाल्न नसक्ने
कि फाएर गरि छाडने
कि पतन को सडयन्त्रमा भिडी हाल्ने
र पनि
म बिचलित बन्ने बाटो कहिले रोजिन
उनलाइ मन नपरे के भोत ?
मेरा गतिबिधि
मेरा आनिबानी उहिनै रहे
उनी निर्देशन जायर गर्छ्न
म पालना गर्छु
उनी वर्ग र जात छुट्टाउछ्न
उनी आफ्ना र पराइ छुट्टाउछ्न
उनी आफ्ना हरुको खोजिमा छ्न
त्यो घेरा बाहिर हुन चाहान्नन
केही समय भयो दुई घरका परिवार एक भएको
घर मात्र मिसिएको छ
तर सन्तान हरु मिसिएका छैनन
म र म जस्ता हरु सबैको मिलाप चाहान्छौ
सबै एउटै परिवार भएको अनुभुती गर्न चाहान्छौ
तर आज सबै एक हुदा पनि
घेरा बाहिर निस्कन नखोज्ने लाई
म कहिल्यै प्रेम गरिन !!
मातृ भुमिका मात्र कहाँ होर
बिदेशीको पनि नजर
हामी बिचको प्रेम टुटाउन लागि परेका छ्न
यो ठूलो परिवार
भिन्न भिन्न गरि छिन्न लागि परेका छ्न
उनी आसेपासेकै घेरामा मख्ख छ्न
उनी वाहा वाहाको खोजिमै छ्न
सत्य कुरा नपच्ने उनको रोगै हो
कस्ले सम्झाउनु उनलाइ
सल्लाहकार हरुको नाटकमन्चन
कार्यकर्ताहरुको बधाइ खादैमा वर्स बित्यो
त्यसैले
म उनलाइ कहिल्यै प्रेम गरिन ।।