काठमाडौं – हिरो गोल्डकपअन्तर्गत नेपाल र म्यानमारबीच जारी फाइनल खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालले खेलको ३५ औं मिनेटमा गोल खाएको हो । म्यानमारका लागि यी यी ओले गोल गरेकी हुन् । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाट आएको क्रसलाई अनमार्क रहेको अवस्थामा नियन्त्रण गरेर शक्तिशाली प्रहारमा गोल गरेकी हुन् । पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले बराबरी गोल फर्काइन । गीता रानाको फ्रिकिकमा मन्जलीले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको भली प्रहार गोलमा परिणत भएको थियो । नेपालले पहिलो खेलमा म्यानमारसँग ३-० को पराजय बेहोरेको थियो ।