• काठमाडौं । नेपाल तरुण तलका महासचिव भुपेन्द्र जंग शाहीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको एक वर्षे कार्यकाल उखान टुक्का भनेर नै वितेको बताएका छन् ।

    तरुण दल काठमाडौं महानगरपालिकाद्धारा आयोजित दुईदिने नेतृत्व विकास कार्यक्रममा बोल्दै शाहीले सरकारको एक वर्षे कार्यकालमा जनतालाई उखान र टुक्काले हसाउने काम बाहेक अरु कुनै प्रगति गर्न नसकेको जिकिर गरे ।

    उनले भने, ‘जनताले दिएको देश विकास र संबृद्धिका लागि दिएको बहुमत सरकार हसाउनमा मै केन्द्रीत रहेकाले जनतालाई मनोरजन भएपनि प्रदान गर्न सफल भएको छ, म बधाई दिन चाहन्छु ।’

    आफ्नो देशमा रोजगारी नपाएपछि घर व्यवहार चलाउन विदेशी भुमीमा पसिना बगाएर आएका आफ्ना नागरिक माथि विमानस्थलमा दुव्र्यवहार गर्नु गलत भएको उनले बताए ।

    सरकारले सधैभरी जनतालाई आतंकित बनाउँदै तर्साउने काम बाहेक अरु केहि गर्न नसकेको उनले दावी गरे । उनले विमानस्थलमा अर्काको भुमीमा रगत पसिना चुहाएर ल्याएको सामनमा कर लगाउने कार्य तत्कालका बन्द गर्न आग्रह गर्दै अन्यथा तरुण दल चुप लागेर नवस्ने चेतावनी दिए ।

    महासचिव शाहीले सरकारको गतिविधिबाट जनतामा संघीयताप्रति वितृष्णा आएको बताए । उनले संघीयतामा जनताको शासन हुने भएकाले आम जनताले संघीयतालाई थप सवल र व्यवस्थित हेर्न चाहेको उल्लेख गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…