• बिराटनगर ।बिराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका सञ्चालक डा.सुनिल शर्माले एक हजार जना बिद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा पढाउने घोषणा गर्नुभएको छ। ३ सय भन्दा बढी बिद्यार्थीलाई ‘स्तरीय र महंगो’ चिकित्सा शिक्षा निःशुल्क पढाईसक्नुभएका डा.शर्माले एक हजारजना बिद्यार्थीलाई निःशुल्क अध्ययन गराउने उद्घोष गर्नुभएको हो।

    मोरङको भाउन्नेमा भएको नेपाल दलित संघको ३ नम्बर क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्ने क्रममा डा.शर्माले ‘नोबेलमा हामीले गरिव, विपन्न, दलित र पिछडाबर्गका बिद्यार्थीलाई छनौट गरी निःशुल्क पढाउँदै आएका छौ। अहिलेसम्म ३ सय भन्दा बढी बिद्यार्थीलाई पढाईसक्यौ, जम्मा एक हजार बिद्यार्थीलाई निःशुल्क पढाउँछौ।’ भन्नुभयो। 

    आगामी शैक्षिक सत्रमा ६२ जना बिद्यार्थीलाई निःशुल्क पढाउने जानकारी दिदै डा.शर्माले आफुले सकेसम्म यो क्रमलाई जारी राख्ने बताउनुभयो। गरिव, बिपन्न तथा पिछडाबर्गका बिद्यार्थीलाई प्राथमिकतामा राखेर निःशुल्क अध्ययनका लागि छनौट गरिने भएपनि बिद्यार्थी छान्ने क्रममा पार्टी अथवा कुनै क्षेत्र बिशेष नहेरिने डा.शर्माको दावी छ।

    नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माले कार्यक्रममा सहभागिलाई लक्षित गर्दै ‘यो मानवीय काम हो। यसमा कुनै पार्टी वा क्षेत्र नहेरी बास्तविक रुपमा कठै भन्ने अवस्थाका बिद्यार्थीलाई हामीसँग ल्याउनुहोस्। हामी निःशुल्क पढाईदिन्छौ।’ भन्नुभयो।

    डा.शर्माले गाउँ–गाउँका गरिव तथा बिपन्न बिद्यार्थीलाई लगेर डेन्टल हाईजिन, रेडियोग्राफी, ल्याव टेक्निसियन, स्टाफ नर्स, बीडीएसदेखि एमबीबीएससम्म पनि निःशुल्क पढाउँदै आउनुभएको छ।

    ३ लाखदेखि ६० लाखसम्म खर्च लाग्ने कोर्ष पनि डा.शर्माकै लगानीमा बिद्यार्थीले निःशुल्क पढ्न पाएका छन्। दलित समुदायको तर्फबाट नोबेलमा निःशुल्क अध्ययन गर्दै आएका बिद्यार्थीलाई पनि कार्यक्रममा बोल्न दिईएको थियो। सो क्रममा बोल्दै उनीहरुले कमजोर आर्थिक अवस्थाका कारण सामान्य बिषय पनि पढ्न नसकिरहेको अवस्थामा उत्कृष्ठ र महंगो शिक्षा निःशुल्क पढाईदिएको भन्दै डा.शर्मालाई अभिभावक मात्र नभई भगवान कै संज्ञा दिएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…