बद्री पङ्गेनि अर्थात राजनितिक झन्डा बोकेर गीत गाउने कलाकार जस्ले एउटा पार्टी केन्द्रीत भएर गीत गाउदै अरु पार्टी लाई होच्याउने काम गर्ने गरेका छन, उनले पशुपती शर्माबाट केही सिक्नु जरुरि छ।
एउटा पार्टिको झन्डा बोकेर मै पनि एमाले सहि पनि एमाले भन्दै हिड्नु भन्दा बरु राजनिती अनि देशमा वास्तविक के भैराखेको छ त्यसलाई गीत मार्फत दर्साउन सक्नुपर्छ।
बास्तबिक कथा बस्तुमा रहेर धेरै गीत गाउने गायक पशुपती शर्माको नयाँ गीत सार्वजनीक भएको छ । लुट्न सके लुट बोलको उक्त गीत गायक शर्माले बिहिवार आफ्नै आधिकारीक यूटूब च्यानल मार्फत भिडियो सहित सार्बजनीक गरेका हुन्।
गितले सार्वजनिक भएको एक रातमै उत्कृष्ट प्रतिक्रिया सहित हजारौ दर्शक बनाउन सफल भएको छ । गितले देशको विकृति विरुद्ध खरो झापड हानेको छ ।
देशमा चलिरहेको घुसपिस , हत्या, हिंसा र बलात्कार जस्ता बिषयलाई पशुपतीले गीतमा समेटेका छन,यसो त पशुपती शर्माका प्राय गीत जनचेतना मुलक र ब्यांग्यात्मक हुने गर्दछन उनले यो गीत मार्फत पनि सरकारलाई गतीलो झटारो हानेका छन्।
गीतमा शब्द अनी संगीत पनि गायक शर्माको आफ्नै रहेको छ,गीतको म्युजिक भिडियोमा पशुपती शर्मा,मञ्जु बि।क र प्रज्योल भण्डारी देखीएका छन्। भिडियोलाई निर्देशन दुर्गा पौडेलले गरेका हुन त्यस्तै छायांकन पनि दुर्गा पौडेलले नै गरेकाछन भने सम्पादन नबिन घर्ती मगरले गरेका छन्।
https://www.youtube.com/watch?v=bdhrOfi6xLc