• काठमाडौं, फागुन ३

    भारतको उडिसामा जारी हिरो महिला गोल्डकपको सर्वाधिक गोलकर्ता साबित्रा भण्डारी। तस्बिरः एन्फा।भारतको उडिसामा जारी हिरो महिला गोल्डकपको सर्वाधिक गोलकर्ता साबित्रा भण्डारी। तस्बिरः एन्फा।

    नेपाली महिला टोलीकी फरवार्ड साबित्रा भण्डारी भारतमा सम्पन्न हिरो गोल्ड कपको सर्वाधिक गोल कर्ता बनेकी छन्।

    जारी प्रतियोगितामा ४ गोल गर्दै उनले सर्वाधिक गोलकर्ताको उपाधि स्वरूप नगद १ लाख भारतीय रूपैयाँ पुरस्कार पाएकी छन्।

    उनले भारतविरूद्ध दुई गोल गरेकी थिइन् भने समूह चरणको अन्तिम खेलमा इरानविरूद्ध २ गोल गरेकी थिइन्।

    शुक्रबार उडिसामा सम्पन्न फाइनलमा नेपाल म्यानमारसँग ३-१ ले पराजित भयो।

    भारतको उडिसास्थित कालिङ्गा रंगशालामा म्यानमारलाई पहिलो हाफमा १–१ गोलको बराबरीमा रोके पनि दोस्रो हाफमा दुई गोल ब्यहोर्दै पराजित हुन पुग्यो

    म्यानमारको जितमा यियि ओले २ तथा विन थिङ तुनले १ गोल गरिन्। नेपालका लागि मञ्जली कुमारी योञ्जनले एक गोल फर्काएकी थिइन्।

    भारत र ईरानलाई हराउँदै फाईनल पुगेको नेपालले म्यानमारको चुनौती पार गर्न सकेन। लिग चरणको पहिलो खेलमा नेपाली टिम फिफा वरियतामा आफूभन्दा ६४ स्थानमाथि रहेको म्यानमारसँग ३–० ले पराजित भएको थियो।

    साफ र ओलम्पक छनोटको तयारीका लागि भारतले प्रतियोगिताको आयोजना गरेको हो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…