• काठमाडौं । एभरेष्ट बैंकमा सञ्चालक समितीका अध्यक्ष बिके श्रेष्ठ र श्रेष्ठ परिवारको नाउँमा रहेको सेयर लगानी शंकास्पद देखिएको छ ।

    एउटै बैंकमा एकाघर परिवारको व्यक्तिहरुको ठूलो परिमाणमा सेयर लगानी हुुँदा उक्त बैंकमा संस्थागत शुसासन कमजोर हुुने, बहुुसंख्यक सेयर बहाकहरुलाई सञ्चालन तथा व्यवस्थापन तहमा हस्तक्षेप गर्ने संभावना रहन्छ ।

    सोही आधारमा नेपाल राष्ट्र बैंकको एकाघर परिवारको सदस्यहरुको सेयर कम गर्न एभरेष्ट बैंकलाई पटक पटक निर्देशन दिंदै आएको थियो । तर, पञ्जाव नेशनल बैंक समेतको साझेदारी रहेको एभरेष्ट बैंक अर्थात अक्षय बिके श्रेष्ठले नेपाल राष्ट्र बैंकको निर्देशनलाई लत्याउँदै आएका थिए ।

    तर, राष्ट्र बैंकले पछिल्लो पटक एभरेष्ट बैंकलाई कारवाही गर्दा सेयर स्वामित्व परिवर्तन गर्न निर्देशन दिएको र एकाघर परिवारको ठूलो परिमाणको सेयर कटौती नगरेसम्म आर्थिक बर्षको २०७४—०७५ को लाभांस बितरणमा रोक लगाएको छ । सोही आधारमा एभरेष्ट बैंकमा श्रेष्ठ परिवारको लगानी समेत शंकास्पद देखिएको हो ।

    राष्ट्र बैंकको उक्त निर्देशन पश्चाात एभरेष्ट एकै दिन एक अर्ब ९१ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्री गरेको छ । यसरी बिक्री गरेको सेयर एभरेष्ट बैंकका सेयरधनी राधा श्रेष्ठ र नेपालकृष्ण श्रेष्ठको रहेको खुुलेको छ ।

    श्रोतका अनुसार अनुसार श्रेष्ठद्धयले बिक्री गरेको सेयर प्रतिमा श्रेष्ठले खरिद गरेकी हुुन । अझै पनि श्रेष्ठ परिवारको ठुुलो परिमाणमा एभरेष्ट बैंकमा सेयर लगानी रहेको श्रोतले बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…