• बाहुनडाँगी । नेपाल जेसीज वर्ष २०१९ को लोम लिडरसीप एवम् काउन्सुलर एकाडेमी शुक्रवारबाट काठमाडौँमा सुरु भएको छ ।
    एकाडेमीको उद्घाटन जेसीआइका उपाध्यक्ष तथा नेपालका एसआइन भीपी अर्पित हातीले गर्नु भएको थियो ।
    होटल एल्लो पेगोडा कान्तिपथमा भएकोएकाडेमीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष हातीले जेसीआईमा नेपाल जेसीजको फरक पहिचान भएको बताउनु भयो । साथै उहाँले युवाहरुलाई उत्प्रेरित गर्दै समाज रुपान्तरणमा लाग्नु पर्ने बताउनु भयो ।
    २ दिनसम्म सञ्चालन हुने एकाडेमीमा वर्ष २०१९ मा देशभरका शाखाहरुका अध्यक्ष, महासचिव र कोषाध्यक्षको सहभागिता रहेको छ ।
    नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलको अध्यक्षतामा भएको उद्घाटन सत्रको स्वागत राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अमिश ढकालले गर्नु भएको थियो भने आस्था पाठ राष्ट्रिय उपाध्यक्ष सिनेटर इनु थापाले गर्नु भएको थियो । एकाडेमीका बारेमा मुख्य प्रशिक्षक सिनेटर डाक्टर दिपक शाक्यले गर्नु भएो थियो । राष्ट्रिय उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले जेसीआईको मिसन र भिजन प्रस्तुत गर्नु भएको थियो भने सञ्चालन महासचिव अभिशेक श्रेष्ठले गर्न भएको थियो ।           
    एकाडेमीको पहिलो दिन सिनेटर दिपक शाक्य, सिनेटर राजाबाबु शाह, रामजी अधिकारी, जेसीआई उपाध्यक्ष अर्पित हाती, अजय प्रधानाङले विभिन्न विषयमा प्रशिक्षण गराउनु भएको थियो । शनिवार सिनेटर मिलन गुरुङ, सन्तोष क्षेत्री, डाक्टर दिनेश प्रसाई, सिनेटर राजु केसी, विकल शेरचन, रश्मि शिल्पकार, सिनेटर राजेन्द्रबहादुर श्रेष्ठ, तिर्थराज पौडेलले प्रशिक्षण गराउने कार्यक्रम रहेको राष्ट्रिय अध्यक्ष पौडेलले बताउनु भयो ।
    एकाडेमीमा सहभागि हुन देशभरबाट करिब २ सय ५० जेसीज प्रतिनिधि सहभागि भएका छन् । एकाडेमीको समापन शनिवार साँझ हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…