• फागुन ४,पथरी ।
    मोरङ कानेपोखरी गाउँपालिका युवाहरुले संचालनमा ल्याएको न्यानो अभियान (कम्वल) वितरणको हिसाव किताव सार्वजनिक गरेका छन् ।
    रमाइलो बजारमा एक कार्यक्रमको आयोजना गरि अभियानमा संलग्न युवाहरुले वितरण कार्यमा भएको हिसावको फेहरिस्त सार्वजनिक गरेका हुन ।


    गाउँपालिकाको ६ वटा वडामा ५५० रुपैयाको प्रतिगोटाले ३ केजीको २५० वटा न्यानो कम्वल १ लाख ३७ हजार ५ सय रुपैयाको न्यानो कम्वल वितरण गरेका थिए ।
    अभियानले विभिन्न समयमा वडा नं. २ मा ५० वटा,वडा नं. ३ मा १ सय वटा,वडा नं.४ मा २५ वटा,वडा नं. ५ मा २५ वटा,वडा नं. ६ मा ४० वटा र वडा नं. ७ मा १० वटा कमल बितरण गरेका थिए ।
    स्थानीय युवा व्यवसायी डिल्ली फुयलको अध्यक्षतामा रकम संकलन समिति संचालन गरी रकम संकलन सुरु गरेको थियो । न्यानो अभियानलाई डिल्ली सिटौला,दिपक तिम्सिना,सन्तोष फुलय लगाएतले साथ दिएका थिए ।
    गत मंसिरबाट स्थानीय युवाहरुको सक्रियतामा सुरु गरिएको न्यानो अभियानले १ लाख ५० हजार ४ सय रुपैया संकलन गरेका थिए । स्थानीय समाजसेवी र बैदेशीक रोजगारका लागी कोरिया,कतार रहेका नेपालीहरुबाट सो बराबरको रकम संकलन गरि न्यानो अभियान (कम्वल वितरण) कार्यक्रमका संयोजक विवेक लिम्बूले बताए ।


    डिल्ली फुयल २५ हजार,डिल्ली सिटौला १० हजार,शिव पन्थी १० हजार,दिपक तिम्सीना १० हजार,सन्तोष फुयाल १० हजार,दिपक पराजुली ५ हजार,सुनिल पराजुली ५ हजार,गोपी सेर्मा ५ हजार, राजेनद्र रेग्मी ३ हजार, सरोज योङहाङ ५ हजार,मनोज थापा १० हजार १ सय ५०, विमल लिम्बू ५ हजार,लेखनाथ श्रेष्ठ १०हजार,दिपक राई ५ हजार १ सय,सरन योङहाङ ५ हजार, खगेन्द्र बराईली ३ हजार,मातृका कोइराला ३१ सय, चन्द्र पौडेल ५ हजार १ सय, गोपाल कोइराला ३ हजार १ सय रुपैया न्यानो अभियानलाई सहयोग गरेका थिए ।
    गाउँपालिकाका सवै वडामा अति विपन्न,गरिवहरुको पहिचान गरी एक घरपरिवारलाई एक सिरक वितरण गरिएको र यस्ता कार्यक्रम आगामी बर्षमा निरन्तर गरिने कार्यक्रम संयोजक विवेक लिम्बुको भनाई रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…