• उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघ महासचिव पदमा झिनो मतले पराजित भएका उर्लाबारी —९ का युवा व्यवसायी हेमराज गुरुङ स्थानीय स्तरमा सामाजिक काममा झनै रफ्तारमा छन् ।

    ब्यापारीहरुको पिर मर्कामा साथ दिनेमात्र होईन, स्थानीय स्तरमा उज्यालो समाज राजघाट मार्फत व्यापक रुपमा सामाजिक काममा अहोरात्र खटिरहेका छन् ।



    हेमराज अध्यक्ष रहेको उज्यालो समाज राजघाटले तिहारमा देउशी खेल्दा स्थानीयको राम्रो साथ सहयोग पाएको छ । त्यसको श्रेय हेमराजको इमान्दारीता लगनशिलता नै पर्छ । अनि हेमराजसँगको साथीभाईको टिमवर्क ।

    यतिधेरै सामाजिक काममा मरिहत्ते गर्ने हेमराज गुरुङलाई वाणिज्य संघमा महासचिव जिताउन सकिएन, स्थानीय श्याम नेपालले खुलेरै भने, ‘चुनाव जितुन हारुन हाम्रो महासचिव हेमराज नै हो । ’

    चुनावलाई सामाजिक कामलाई फराकिलो बनाउने अबसरको रुपमा लिन्छन् । तर सामाजिक काम गर्न सेवा गर्न पदमा बसिरहनु नपर्ने बताउछन् । चुनाब जितेर काम गर्न आएको थिए, यो पटक मन जिते अर्को पटक भोट जितौला । पदमा रहेपनि नरहेपनि सेवामा तत्पर रहनेछु ।
    घात अन्तरघात भन्दा नि आफुले निक्कै साथ सहयोग पाएकोले थोरै मतान्तरले हार बेहोरेको हेमराजको भनाई छ ।

    हेमराज लगायतका युवाहरुको टिमले अहिले एभरेष्ट फन पार्क उर्लाबारीमा सन्चालनमा ल्याउन लागेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…