• फागुन ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको बिकासका लागी सरकार प्रतिवद्ध भएर अघि बढिरहेको बताएका छन् ।

    डोल्पो समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकका बिभिन्न स्थानमा सडक, पूर्वाधार लगायतका विकास निर्माण द्रुत गतिमा भइरहेको स्मरण गर्दै सरकार संबृद्ध नेपाल सुखी नेपालीको नारा सफल पार्ने प्रतिबद्ध रहेको बताए ।

    ‘संविधान निर्माण संगै अब मुलुकको विकासको कार्यदिशा अघि बढेको छ, अबको पाँच वर्षभित्र मुलुकले नसोचेको आर्थिक, सामाजिक विकास हुन्छ ।’ उनले भने ।

    प्रधानमन्त्री ओलीले असुरक्षित अति दुर्गम र बिकासका निम्ति बाधक बनेका बसोबासलाई अनुकुल स्थानमा सारिने र यसका लागी प्रदेश तथा स्थानीय सरकारलाई आवश्यक निर्देशन दिईसकेको जानकारी दिए ।

    उनले विद्यालय, स्वास्थ्य चौकी, बिजुली, खानेपानीका साथै जनजिविकाको अवसर भएका स्थानमा एकीकृत बस्ती बिकास गर्नेे सरकारको योजना रहेको जनाए । ‘अवको केहि बर्षमा नेपालमा अति दुर्गम स्थान नै रहँदैनन्, डोल्पामा रहेका ऐतिहासिक स्थलहरुलाई संरक्षण गर्न पनि सरकार प्रतिवद्ध छ ।’

    कार्यक्रममा डोल्पाली समाजका अध्यक्ष निमा रिम्पोछेले डोल्पाको बिकास र संमृद्धिका साथै डोल्पाको सांस्कृतिक सम्पदा बचाउनका लागी बिशेष कार्यक्रमको आयोजना गरिएको बताए ।

    कार्यक्रममा डोल्पाली समाजले डोल्पा जिल्लाको मारिम नाका र क्याटो नाका बाह्ै महिना खुलाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । त्यस्तै समाजले मुस्ताङ र डोल्पा दुई जिल्ला राष्ट्रिय सडकले जोड्नका लागी पहल गर्न पनि माग गरेको छ । कार्यक्रममा डोल्पाको भेषभुषा झल्कने सांस्कृतिक नाच झाँकी प्रस्तुत गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…