• अन्तत युट्युबबाट पशुपती शर्माकी लुट्न सके लुट गीत हटाइएको छ। निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसक्ने, ३३ किलो सुनकाण्डका ठूला माछा समात्न नसक्ने सरकार पशुपति शर्माको गीत बन्द गर्न सफल । बधाई_छ_सरकार

    काठमाडौं – चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट, नेपालमै हो छुट’ बोलको व्यंग्यात्मक गीत सुनेपछि देश लुट्न लागेका कम्युनिस्टको निद हराम भएको थियो।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समेत खैलाबैला मच्चिएको थियो । प्रधानमन्त्री केपी शर्माले ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला गायक शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको व्यंग्यात्मक गीत सार्वजनिक गरेपछि प्रधानमन्त्री निवासमा गीतले तरङ्ग ल्याएको थियो ।

    गीतमा प्रधानमन्त्री ओलीप्रति पनि कडा व्यंग्य गरिएको थियो। काम केही नगरेको, ठूला–ठूला भाषणमात्र गरेको, स्वर्गजस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउनेबारे छलफल चलेको स्रोतले बतायो । यो गीतका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समेत छलफल भएको स्रोतले बतायो ।

    गीतमा सरकारका काम कारवाहीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यंग्य गरिएको छ । प्रधानमन्त्री ओलीले सरकारको जिम्मेवारी सम्हालेको १ वर्ष पुगेकै आसपासमा गायक शर्माले ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

    गीतको शुरूमै गायक शर्माले भनेका छन्, ‘पञ्चायत सुनें, बहुदल र गणतन्त्र भोगें, तर देश र जनताको निःस्वार्थ रुपले माया गर्ने न त नेता भेटे नत अरु कोही, त्यसैले भन्न मन लाग्यो लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट ।’

    https://www.youtube.com/watch?v=P9O3lGF0s1s&t=348s

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…