• फागुन ५, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको आइतबार विहान भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि १(० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ। घरेलु मैदानमा हात पारेको उक्त जितसँगै ‘लिग लिडर’ बार्सिलोनाले तालिकामा सात अंकको अग्रता लिएको छ।

    पहिलो हाफको खेल सकिनुभन्दा दुई मिनेटअघि अर्जेन्टिनी स्टार मेसीले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए। मिचेल हेरेरोले जेरार्ड पिकेलाई फल गरेपछि बार्सिलोनाले पेनाल्टी प्रहारको अवसर पाएको थियो। सोही अवसरलाई मेसीले सदुपयोग गरेका हुन्। स्पेनिस ला लिगामा जेरार्ड पिकेको यो तीन सयौं खेल थियो।

    सन् २०१८÷१९ सिजनमा मेसीले गरेको यो ३०औं गोल हो। मेसीले पेनाल्टी प्रहारको अर्को एउटा अवसर भने खेर फालेका थिए। किको ओलिभसले फिलिप कोउटिन्होसँग फल खेलेपछि बार्सिलोनाले दोस्रो पेनाल्टी प्रहारको अवसर पाएको थियो। तर, मेसीले प्रहार गरेको पेनाल्टीलाई विपक्षी टोलीका गोलरक्षक जोर्डी मासिपले विफल पारेका थिए।

    गोलरक्षक मासिपले यसदेखि वाहेक पनि बार्सिलोनाका थुप्रै प्रहारलाई गोल हुनबाट जोगाएका थिए। हालसम्म २४ खेल खेलेको बार्सिलोना ५४ अंकसहित पहिलो स्थानमा छ। समान खेल खेलेको एट्लेटिको म्याड्रिड ४७ अंकसहित दोस्रो स्थानमा छ।

    एट्लेटिको म्याड्रिड शनिबार राति खेलिएको खेलमा रायो भालेकानोलाई उसैको मैदानमा १(० गोलले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको हो। एट्लेटिको म्याड्रिडका लागि ७४औं मिनेटमा एन्टोइन ग्रिजम्यानले निर्णायक गोल गरेका थिए।

    यसैगरी बार्सिलोना र एट्लेटिको म्याड्रिडभन्दा एक खेल कम खेलेको रियल म्याड्रिड ४५ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। रियल म्याड्रिडले आइतबार जिरोनासँग आफ्नो २४औं खेल खेल्दै छ। उक्त खेलमा विजयी भए रियल म्याड्रिड तालिकाको दोस्रो स्थानमा उक्लने छ। अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…