बीबीसी। भारत प्रशासित कश्मिदरको पुलवामा सीआरपीएफका फौजनमाथि भएको आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जवाफी कारवाहीकालागि सेनालाई पूर्णत छुट दिइएको बताएका छन्। यो आक्रमण विगत तीन दशकमा भारतमाथि भएको सबैभन्दा खतरनाक चरमपन्थी आक्रमण हो।
यो आक्रमणपछि प्रधानमन्त्री मोदील भनेका छन्, ‘चरमपन्थी संगठन र उसका सहयोगीले कडा मूल्य चुकाउनु पर्नेछ।’ उता गृहमन्त्री राजनाथ सिंहले यो आक्रमणकालागि पाकिस्तानलाई जिम्मेवारी ठहर्याउँदै करारी जवाफ दिने धम्की दिएका छन्। संचारमाध्यममा पनि आक्रमकता सुरु भएको छ। केही प्रभावकारी टेलिभिजन च्यानल त बदला दिन उत्ताउला पनि भएका छन।
आत्मघाती कार हमलाको जिम्मेवारी पाकिस्तानबाट रहेको संगठन जैश–ए–मोहम्मद (जेईएमले) लिएको छ। संयुक्त राष्ट्रसंघ सहित अन्य मुलुकले यो संगठनलाई चरमपन्थी संगठनको मान्यता दिएका छन्।
यसका संस्थापक नेता मौलाना मसुद अजहरलाई भारतीय सुरक्षा बलले १९९० को दशकमा पक्राउ गरी जेलमा राखेको थियो। १९९९ मा दिल्लीकालागि उडेको विभान अपहरण गरी कन्धार लगियो र यात्रीलाई रिहाईको बदलमा भारत सरकारले जुन चरमपन्थीलाई रिहा गरेको थियो, त्यसमा अजहर पनि थिए। भारतीय प्रशासन सधैं त्यो विमान अहपरण काण्डकालागि पाकिस्तानलाई जिम्मेवारी ठहर्याउँदै आएको छ।
जैशका कारण तनाब
विगत केही वर्षदेखि अजहरलाई ‘ग्लोबल टेररिस्ट’ रुपमा चित्रण गर्नकालागि भारत, संयुक्त राष्ट्रसंघमाथि दवाब दिँदै आएको छ। उता पाकिस्तानका सहयोगी देशका रुपमा चीनले सधैं यो पहलको विरोध गर्दै आएको छ।
पुलवामा आक्रमणमा जैश ए मोहम्मदको संलिप्तताबाट आक्रमणमा पाकिस्तानको सिधा सम्बन्ध रहेको देखिन्छ। २००१ मा भारतीय संसदमा भएको आक्रमणकालागि पनि जैशलार्ई नै जिम्मेवार ठहर्याएको थियो, यो आक्रमणमा नौ सुरक्षाकर्मीको निधन भएको थियो।
त्यसपछि दुवै पक्षबीच सम्बन्ध यति तनावपूर्ण भयो की केही महिनासम्म युद्धको जस्तो अवस्था कायम रह्यो। २०१६ मा पठानकोट र उडीमा भारतीय सैन्य प्रतिष्ठानमाथि आक्रमण गरियो। त्यसपछि भारतीय सेनाले लाइन अफ कन्ट्रोलमा रहेका चरमपन्थी शिविरमा ‘सर्जिकल स्ट्राइक’ गरेको दाबी गरेको थियो।
आईएसआई पनि जैशदेखि हैरान
यो पटक दक्षिणपन्थी भारतीय जनता पार्टीको नेतृत्व भएको सरकारमाथि धेरै गर्नुपर्ने दबाव छ। २०१६ को सर्जिकल स्ट्राइक निकै सीति थियो, समय र लक्ष्य दुवैका हिसावले। जसका कारण पाकिस्तानले भारतले सर्जिकल स्ट्राइक गरेको अस्वीकार गरेको थियो।
त्यसैगरी भारतीय सेना, यो स्वीकार गर्छ कि क्षति पुर्र्याउनेवाला चरमपन्थी हमलामाथि उसले पाकिस्तानविरुद्ध तत्कालै कारवाही गर्नु परे पनि ऊ सक्षम छ । तर, यो कदमले त्यो खतरालाई बढाउने छ र त्यहाँसम्म पुग्न सक्छ, जहाँ केवल युद्ध नै सामनेमा हुनेछ ।
यो डर तब बढ्ने छ, जब दुबैदेशसँग आणविक हतियार छ । पाकिस्तानले यी हतियार प्रयोग गर्ने संकेत पनि कैंयौंपटक दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले पुलवामा हमलापछि ‘गम्भीर चिन्ता’ जनाउँदै ट्विट गरेर आरोपको खण्डन गरेको छ, जसमा विनाकुनै जाँच भारत सरकार र भारतीय मिडियाले यो हमलामा पाकिस्तानको सम्बन्ध जोडिइरहेका छन्।
भलै आत्मघाती हमलाप्रति जैश-ए-मोहम्मदले जुन प्रकारले जिम्मेवारी लिएको छ र त्यसका संस्थापक मसूद अजहर जुनप्रकारले पाकिस्तानमा स्वतन्त्रतापूर्वक घुमिरहेका छन्, त्यसलाई देखेर भारतीयहरुलाई कुनै अरु सुबतको जरुरत पर्दैन। पाकिस्तानी सेनाको नियन्त्रणमा रहेको गुप्तचर एजेन्सी इन्टर सर्भिस इन्टिलिजेन्स (आइएसआई) लाई पनि जैश-ए- मोहम्मदबाट समस्या रही आएको छ।
वास्तवमा जैश, लश्कर(ए(तैयबा जस्तो चरमपन्थी संगठन होइन, जसले पाकिस्तानको सेनाको आदेश मानिरहन्छ । जैश पाकिस्तानी सैन्य अड्डामाथि पनि हमला गर्न हिच्किचाउँदैन । सन् २००३ मा यस संगठनले पाकिस्तानका सैन्य शासक परवेज मुशर्ररफमाथि दुईचोटि खतरनाक हमला गरिसकेको छ ।
यसका बाबजुद जैशमाथि पाकिस्तानी सेनाले आफ्नो आँखा बन्द गर्दै आएको छ । यसबाट काश्मिरमा तनावपूर्ण स्थिति बनाइराख्नका लागि संगठनको उपयोगिता छ । भलै, अब यो हेर्नुपर्ने हुन्छ कि जैश(ए(मोहम्मदमाथि के कारवाही हुन्छ रु यसलाई लिएर भारतमाथि धेरै दबाव पर्नेछ । र, चीनसँग पनि यो सम्भव छ । किनकि, मानिँदै आएको छ कि चीन अब अजहरलाई पक्षपोषण गर्नबाट धेरै अगाडि बढिसकेको छ ।
यसमा सम्भव छ कि यो समूहलाई पाकिस्तानमा प्रतिबन्ध लगाइनेछ । भौगोलिक राजनीतिमा यो आत्मघाती हमलालाई स्थानीयता भन्दा महत्वपूर्ण देख्न सकिन्छ । बितेको एक वर्षमा भारतीय सुरक्षा बलले करिब तीन सय कास्मिरी चरमपन्थीलाई मारेको छ । यसमा बढीजसो दक्षिण कास्मिरका थिए, जहाँ यो हमला भएको छ ।
यसमा चरमपन्थी समूहका सामुन्ने आफ्नो उपस्थिति देखाउनका लागि ठूलो हमला गर्नु आवश्यक बन्न गयो । यो इलाकामा जुन चरमपन्थी समूहको दबदबा छ, जसमा हिज्ब-ऊ(-मुजाहिद्दिन, आत्मघाती हमलालाई गैर(इस्लामिक मान्छ । यसमा जैश-ए- मोहम्मद र लश्कर(ए(तैयबामाथि नै यस्तो हमलाको जिम्मेवारी छ ।
भारतीय सुरक्षातन्त्रका लागि यो गम्भीर गुप्तचरी कमजोरी हो । पुलिस र गुप्तचर एजेन्सीले यो प्रश्नको सामना त गर्नैपर्ने हुन्छ कि जैश-ए-मोहम्मद भारतीय सेनाको यति ठूलो डफ्डामाथि आक्रमण गर्न कसरी सफल भयो रु जसमा भारी मात्रामा बिस्फोटक पदार्थ राखिएको कारको प्रबन्धदेखि लिएर त्यसको निगरानी, हमलाको पूर्वाभ्यास र कैयन स्तरको सुरक्षा व्यवस्थामा जोडिएका सवालहरु सामेल छन् ।
यतिबेला भारत सरकार विकल्पहरुमाथि विचार गरिरहेको छ । आर्थिकरुपमा उसले कदम उठाउँदै पाकिस्तानसँग ‘मोस्ट फबर्स नेसन’को दर्जा फिर्ता लिने निर्णय गरेको छ । यसबाट पाकिस्तानलाई व्यापारिक फाइदा मिल्ने छैन ।
यसबाहेक भारत सरकार पाकिस्तानलाई राजनीतिकरुपमा पनि अलग(थलग गर्ने कुरा गरिरहेको छ । तर, जबसम्म जैश(ए(मोहम्मदमाथि पाकिस्तानले कुनै कारवाही गर्दैन, तबसम्म यस्ता अरु हमला हुने आशंकालाई अस्वीकार गर्न सकिँदैन ।
बीबीसी हिन्दीबाट अनुवाद एवं सभार