• पर्वतः पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको बताएका छन् ।

    नयाँ शक्ति पार्टीले थालेको जनसंवाद यात्राअन्तर्गत पर्वत सदरमुकाम कुश्माबजारमा आइपुगेका डा. भट्टराईले लामो समयपछि मुलुकले दुई तिहाइको बहमुत प्राप्त सरकार पाएको भए पनि काम गर्ने सोच र मानसिकता नभएको दाबी गरे । उनले अहिलेको मोडेलको विकासले मुलुक र नागरिकले चाहेजस्तो समृद्धि दिन नसकिने स्पष्ट पारे ।

    उनले बढ्दो भ्रष्टाचार र कमिसनखोरले मुलुक खस्ँिकदै गएको बताउँदै देशको भ्रष्टाचार रोक्न अख्तियारभन्दा पनि लोकपालको व्यवस्था हुनुपर्ने विचार राखे । उनले सार्वजनिक छवि भएका व्यक्तिहरूलाई संसद्प्रति उत्तरदायी बनाएर राष्ट्रपतिदेखि तल्ला पदमा पनि छानबिन गर्ने अधिकारसहितको लोकपालको व्यवस्था गरिएमा मात्र देशको भ्रष्टाचार अन्त्य हुने विश्वास व्यक्त गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…