• काठमाडौं । देशमा बढ्दै गएको वेथितिविरुद्ध लोक गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट’ बोलको गीतलाई डा बाबुराम भट्टराइको दल नयाँ शक्ति पार्टी नेपाललले समर्थन गरेको छ ।नयाँ शक्ति पार्टीले गा यक शर्माको गीतको लिंक सहित सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै गीतले यथार्थ चित्रण गरेको बताएको हो ।‘सुप्रसिद्ध लोक गायक पशुपति शर्माको यो व्यंग्यात्मक गीत ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट,अरु देशमा पाइँदैन नेपालमै हो छुट’ यो गीत ले साँचै देशको स्थितिको यथार्थ चित्रण गरेको छ, यसरी यो देश लुट्ने छुट कसैलाई छैन’ नयाँ शक्तिले ट्वीटरमा लेखेको छ।

    पशुपति शर्माको गीतलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ । त्यस्तै एसपी ‘सुमन’ लेख्छन तपाईंको म फ्यान हुँ । नेपाली लोकगीत क्षेत्रमा तपाईंले पुर्याउनुभएको योगदानको समयले पक्का सम्मान गर्नेछ । विदेशीने नेपालीलाई, ‘मलाई अमेरिका य हि, मलाई जापान पनि यहि’ भनेर देशमै रहेका सम्भावनाहरु बुझाउने तपाईं आज एउटा कुरामा चुक्नु भयो भन्ने कुराले तपाईं प्रतिको सम्मान घट्ने छैन । यसपाली तपाईंले गल्ती गर्नुभएकै हो, स्वीकार्नुभयो । सर्वप्रथम धन्यवाद छ पशुपति जी !तपाईंले गीतमा भन्न खोज्नुभएको तथ्य नेपालको यथार्थ हो । नेपालमा भ्रस्टाचार पक्कै बढेको छ ।

    देशका सबै नागरिकसँग गाँस बास र कपासको व्यवस्थासमेत भइनसकेको अवस्थामा तपाईंको गीतले थोरै भएपनि देश बोल्ने प्रयास गरेकै हो । तर त्यसको पनि एउटा तरिका हुन्छ । गीतमा आवेग पोख्ने नाममा देशको बेइज्जत गर्न कहाँ पाइन्छ र ?अरु शब्दमा मेरो कतै पनि विमति थिएन, छैन । तर गीतमा प्रयोग भएको ‘यमराजको शासन’ शब्द कति पनि नसुहाउने शब्द हो । काम गर्न नसकेको नै सहि, देशका सम्माननीय प्रधानमन्त्रीलाई यो हद सम्मको मानहानी गर्ने अधिकार कसैसँग पनि छैन । डेढ अर्वको हेलि कप्टर राष्ट्रपतिकै लागि थियो त ? हल्लाभन्दा पनि यथार्थमा जानुपर्ने तपाईं यहाँ पनि चुक्नुभएकै हो । कार्यकर्तालाई कुकुरसँग दाँज्ने अधिकार तपाईंसँग हुनै सक्दैन ।

    एउटा नागरिकसँग सरकारको विरोध गर्ने अधिकार छ । तर त्यो सभ्य हुन जरुर पर्छ । ‘लुट्न सके लुट कान्छा’ भनेर आफ्नै देशको खिल्ली उडाएर तपाईंले कुन युद्ध जित्न खोज्नु भएको हो र ? यूट्युबबाट हुने केहि कमाइ र केहिको वाहवाहिका अगाडी ‘इथि क्स’ त बिर्सनु हुन्न नि ! होइन र ?जे होस्, ढिलै भएपनि तपाईंले आफ्नो गल्ती सच्याउनुभयो । तपाईंलाई धन्यवाद छ ! आपत्तिजनक शब्दहरु हटाएर गीतलाई अझै राम्रो बनाएर ल्याउनुहोला । किनकि पक्ष वा प्रतिपक्षको होइन कलाकार आम नागरिकको हुनु पर्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…