• वीरगन्ज : वीरगन्जमा शनिबार एकै मञ्चमा सहभागी भएका कोइराला परिवारका कांग्रेसका तीनजना शीर्ष नेताले आफूहरु एक भएको उद्घोष गरेका छन् ।

    कांग्रेस महामन्त्री शंशाक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाले आफूहरुबीच अब कुनै मतभेद र विवाद नरहेको बताए । कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापतिका लागि कोइराला परिवारबाटै उम्मेद्वारी पर्ने चर्चा चलिरहेका बेला शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा कोइराला परिवारका तीनैजना नेताले आफूहरु एक भएको दावी गरेका हुन् ।

    कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउन्डेसन पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको कार्यक्रममा कोइराला परिवारका तीनैजना नेताले पार्टी नेतृत्वको आलोचना पनि गरे । अहिलेको पार्टीभित्र नेताहरुबीच गुटउपगुट रहेको र पार्टी सभापति शेरबहादुर देउवाले पनि आफ्नै गुट चलाएकाले पार्टी कमजोर बनेको आरोप उनीहरुको थियो ।

    कार्यक्रममा जिपी कोइराला फाउन्डेसनकी केन्द्रीय अध्यक्ष समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेसमा कोइराला परिवार एक भएको बताइन् । उनले भनिन् ‘हामी तीन कोइराला एक छौँ, भन्नेहरुले कोइरला परिवार मिलेका छैन भन्छन्, तर उनीहरुले टाउको दुखाउनु पर्दैन, किन कि हामी एक छौँ’ ।

    कांग्रेस महामन्त्री शंशाक कोइराला र शेखर कोइराला पनि पार्टीभित्र गुटउपगुट मौलाएको र नेतृत्वमा राजनीतिक संस्कार ह्रास हुँदै गएकाले कांग्रेस कमजोर बनेको आरोप लगाए । महामन्त्री शशांकले कांग्रेसलाई मजबुत बनाउन आफूले जे गर्नुपर्छ त्यो गर्न तयार रहेको भन्दै कार्यकर्ताले साथ दिएको खण्डमा आफू पार्टीको नेतृत्व सम्हाल्न तयार रहेको पनि पाए ।

    केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको नेतृत्वमा राजनीतिक नैतिकता र संस्कार हराउँदै गएको र व्याक्तिवादी चरित्र र स्वार्थ रहेको बताए । नैतिकता र संस्कारबिनाको राजनीति पनि एक किसिमको अपराध भएको उनको भनाइ थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…