• काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय अभियानको योजना ६ महिनादेखि अलपत्र परेको छ । असार र साउनभित्र एकीकरणका सबै काम टुंग्याएर भदौदेखि अभियान चलाउने छलफल केन्द्रीय सचिवालयमै भए पनि अलपत्र परेको छ ।

    दसैँको सम्मुखमा कार्यकर्ता घर फर्किने भएकाले एकीकरणको सन्देश दिन उपयुक्त हुने भन्दै पार्टीले योजना बनाएको थियो । तर, एकीकरण प्रक्रिया नै धकेलिएपछि अन्य योजना ओझेलमा परेका छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

    ३ जेठमा पार्टी एकतापछि सबै तहमा एकीकरण टुंग्याउन चार तहको कार्यदल बनिसकेको छ । एकीकरणमा ढिलाइ भएपछि १२ पुसमा सम्पन्न स्थायी समिति बैठकमा नेतृत्वको आलोचना भएको थियो । आलोचना मत्थर पार्दै बैठकले माघ महिनाभित्रै एकीकरण सक्ने गरी ९ सदस्यीय कार्यदल बनाए पनि काम गर्न सकेन । संयोजक रामबहादुर थापा बादलले अपूरो प्रतिवेदन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

    नेकपाको केन्द्रीय कमिटी बैठक नबसेको त ९ महिना भइसक्यो । पार्टीको अन्तरिम विधानमा ६ महिनाभित्र केन्द्रीय कमिटी बैठक बस्ने व्यवस्था भए पनि एकतायता औपचारिक बैठक बस्न सकेको छैन । एकीकरणलगत्तै १० जेठमा माइन्युटमा हस्ताक्षर गर्ने प्रयोजनका लागि केन्द्रीय कमिटी बैठक बोलाइए पनि केन्द्रीय सदस्यहरूले प्रस्तावित एजेन्डामा छलफलमा भाग लिन पाएका छैनन् ।

    ‘हामीले पार्टीलाई विधिसम्मत तरिकाले सञ्चालन गर्नुपर्ने मागसहित ध्यानाकर्षणपत्रसमेत बुझाएका थियौँ,’ केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘बैठकमा त यसै ढिलाइ भएकै छ, एकीकरणको काममा ढिलाइ गरेर आम नेताकार्यकर्तालाई निराश पार्ने गरी पार्टीलाई, नेतृत्वले महाशिथिलीकरणको दिशामा धकेलेको छ ।’ नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी समिति र ९ सदस्यीय सचिवालय छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…