• मोरङ । किरात समुदायको साझा संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन मार्फत १ नम्बर प्रदेशको नाम किरात राख्न दवाव दिने तयारीमा रहेको सो संगठनले जनाएको छ । महाधिवेशन सुनसरीको धरासनमा फागुन १८ देखि २० गतेसम्म हुदैछ । सम्मेलनको लागि ‘इतिहास, भूगोल, संस्कृति र सभ्याताको सम्मान, १ नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आव्हान’ भन्ने मुख्य नारा तय भएको संगठनको केन्द्रीय अध्यक्ष तिलक राईले बताए । महाधिवेशनको तयारी बारे आज काठमाडौं कोटेश्वर स्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो बिषयमा जानकारी गराएको हो ।

    महाधिवेशन मार्फत प्रदेशको नाम किरात राख्न प्रदेश सभालाई दवाव दिइने यायोक्खा केन्द्रीय महासचिव जीवन हताचो राईले बताए । किरात कुनै एउटा जाति नभएर इतिहास, भूगोल, सभ्यता, संस्कृति, साझा मनोविज्ञान भएको भन्दै यस अघिदेखि नै यायोक्खाले प्रदेशको नाम किरात राख्नु पर्ने प्रस्ताव राख्दै आएको थियो । भूगोलको सम्माण र प्रदेशवासीको चाहना पुरा गर्न नाम किरात राखिनुपर्ने यायोक्खा केन्द्रीय उपाध्यक्ष दिवस राईले बताए । प्रदेश १ को हिउदे अधिवेशन माघ २० गतेदेखि शुरु भएको छ ।

    यायोक्खाले यही अवसर पारेर धरानमा १० औं राष्ट्रिय महाधिवेशन गरेर प्रदेशको नाम किरात राख्न थप दवाव दिने तयारी गरेको हो । महाधिवेशन अघि यायोक्खाको ताप्लेजुङ, पाँचथार, इलामा, झापा, मोरङ, सुनसरी, उदयपुर, ललितपुर, भक्तपुर, काठमाडौं, बारा, पर्सा लगायतका जिल्ला मधिवेशनहरु गरिसकेको यायोक्खा केन्द्रीय उपमहासचिव तथा प्रचारप्रशार विभाग प्रमुख भीम राईले बताए । त्यसैगरी आठ वटा भातृ र २८ वटा भाषिक संस्थाहरुको अधिवेशन मार्फत प्रदेश १ को नाम किरात राख्न प्रदेश सरकारलाई दवाव दिइएको यायोक्खा केन्द्र तथा प्रचार समितिका सदस्य अर्जुन जम्नेली राईले बताए ।

    राष्ट्रिय महाधिवेशन मार्फत प्रदेश सभालाई दवाव दिन जिल्लाहरुमा भित्तेलेखन, व्यानरिङ, पोष्टरिङ, ¥याली, जुलुस लगायतको कार्यक्रम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिए । त्यसैगरी फागुन १५ गते झापाको काँकडभिट्ट, धरानको सुनसरीदेखि मोटरसाइकल ¥याली मार्फत प्रदेश सभाको कार्यालय विराटनगर पुगेर सभालाई किरात नाम बारे दवाव दिने कार्यक्रम रहेको यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईले बताए । महाधिवेशनमा नेपालसहित १८ देश सहभागिहुने राष्ट्रिय महाधिवेशनमा नेपालको २४ वटा जिल्ला समितिहरु, ८ वटा भातृ संगठन, २८ वटा भाषिक संगठनहरु, अमेरिका, वेलायत, भारत, हङकङ, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, युएई लगायतको १७ वटा देशबाट एक हजार भन्दा बढी प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईले बताए । किरात राई समुदाय नेपालको १० औं र ५९ आदिवासी जनजाति मध्ये ५ औं ठूलो जनसंख्या भएको जाती हो ।

    फागुन १८ गते सुनसरी धरानको भानुचौकमा हुने उद्घाटन कार्यक्रममा एक लाख भन्दा बढीको सहभागिता रहने महासचिव जीवन हाताचो राईले बताए । प्रदेश १ को मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका पूर्वमन्त्री भीम आचार्य, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शाहा, संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोककुमार राई, प्रदेशका मन्त्रीहरु लगायतको सहभागिहुने अध्यक्ष तिलक राईले बताए ।

    प्रदेश १ को नाम किरातको विकल्प नभएको र नेतृत्वको कारण किरात नभएमा सम्पूर्ण उत्पीडित वर्ग, समुदायको सहभागितामा निर्णायक आन्दोलन हुने यायोक्खाले चेतावनी दिएको छ । किरात नामको जवरजस्ति विकल्प खोजिए विश्वभरि छरिएर रहेका प्रदेशवासीहरुको प्रत्यक्ष, अप्रत्यक्ष सहभागितामा सशक्क्त र निर्णायक आन्दोलन हुने यायोक्खाको भनाइ छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…