• काठमाडौँ : विवेकशील नेपाली पार्टीले चर्चित गायक पशुपति शर्माको गीत 'लुट्न सके लुट कान्छा' लाई युट्युबबाट हटाउन लगाइनु लोकतन्त्रमाथिको प्रहार भनेको छ।

    पार्टीका प्रवक्ता मिलन पाण्डेले आइतवार एक प्रेस वक्तब्य जारी गर्दै सत्तासीन दलका नेता कार्यकर्ताको दबाबमा शर्मालाई उक्त गीत युट्युबबाट हटाउन लगाइएकोमा विरोध जनाएका छन् ।

    युट्युबबाट हटाइएको शर्माको गीतलाई सार्वजनिकरूपमा बजाएर, सामाजिक सञ्जालमा राखेर लोकतन्त्रप्रति भएको प्रहारको विरोध गर्नसमेत विवेकशीलले सर्वधारणलाई अपिल गरेको छ। 'हामी आफू असहमत रहेका विचारको अभिव्यक्तिलाई समेत निर्बाध रूपमा व्यक्त गर्न सक्ने वातावरणको सुनिश्चितता गर्नसमेत आह्वान गर्दछौँ', पाण्डेले भनेका छन् ।

    पार्टीले अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने पनि विवेकशील नेपालीले जनाएको छ । 'पार्टी अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्दछ। लोकतन्त्रको सुन्दरता नै यही हो', पाण्डेले भनेका छन्, 'नेपालको संविधान, २०७२ को धारा १७ ले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ।'
    विवेकशीलले संविधानभित्र बसेर गरिने अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु आफूहरुको जिम्मेवारी रहेको पनि उल्लेख गरेक छ । 'गायक पशुपति शर्माको गीत 'लुट्न सके लुट कान्छा' सरकार र समर्थक दलनिकट व्यक्तिहरू तथा सङ्गठनहरूबाट दबाब दिई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यान आकर्षण भएको छ', पाण्डेले भनेका छन् ।

    विवेकशीलले लोकतन्त्रका निम्ति सेल्फ सेन्सरसिप घातक हुने जनाएको छ । 'झन्, आफ्नो अनुकूलता हेरी यस्ता घटनामा दिइने दबाबका कारण राष्ट्रको प्रतिभाप्रति पर्ने मनोवैज्ञानिक असरबारे ध्यान दिन सरकारलाई आग्रह गर्दछौँ', विवेकशीलले भनेको छ।

    यस घटनाले एक गम्भीर प्रवृत्तिको उजागर गरेको छ पनि उसले उल्लेख गरेको छ। 'यो घटनाले संविधानमा सुनिश्चित भएका नागरिक हकलाई सरकार कुल्चन तम्तयार देखिन्छ', विवेकशीलको विज्ञप्तिमा भनिएको छ, 'शान्ति सुरक्षा विधेयक, सामाजिक सञ्जालको सञ्चालन सम्बन्धी नीति तथा अन्य नीति तथा विधेयकहरू यही मनसायले नै ल्याइएको प्रस्टैसँग देखिन्छ । गायक शर्माको गीतलाई हटाउन दबाब दिने काम त्यही श्रृंखलाको अर्को कडी हो भन्ने हाम्रो बुझाइ रहेको छ।'

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…